
तेस्रो लिगलिगे साइकल दौड चैत्र ४ गतेबाट हुने
गोरखाको पालुङटार नगरपालिका २ लिगलिगकोटमा आगामी चैत ४ गते तेस्रो लिगलिगे साइकल दौड हुने भएको छ । लिगलिग भिलेज स्पोर्टसको आयोजनामा तेस्रो लिगलिगे साइकल दौड प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगितामा एक सयभन्दा बढी खेलाडी सहभागी हुने लिगलिग भिलेज स्पोर्टसका निवर्तमान अध्यक्ष सञ्जिव रानाले बताए । सो साइकल दौड प्रतियोगिता नेपालकै ठूलो प्रतियोगिता हुने उनले बताए । साइकल दौड प्रतियोगितामा सहभागी हुनेले लिगलिगकोटबाट सुरु भएर आँपपिपल भञ्ज्याङ, हर्मिभञ्ज्याङ, बयापानी, मकनडाँडा, थापागाउँ, आँपपिपल अस्पताल, पाथीभरा, गुन्टार, मिर्तिखोला, भण्डारथोक, ओख्ले, लमजुङ गरमवेशी, घर्तीगाउँ, ठूलो वगैचा, चेपेघाट, पालुङटार हवाईग्राउण्ड, ताल पोखरी, राधाकृष्ण मन्दिर, बाह्रपिर्के, हात्तीगौडा, लुइँटेल, बयाडा हुदै मैबलबाट लिगलिगकोटसम्मको ५३ किलोमिटर पार गर्नु पर्नेछ ।
प्रतियोगितालाई ३ फरक भागमा विभाजन गरेर आयोजना गरिएको छ । पुरुष कुलिन, पुरुष मास्टर र स्थानिय गरी ३ विधामा पुरस्कारको ब्यवस्था गरिएको कोषाध्यक्ष बिजय पाण्डेले बताए । उनका अनुसार पुरुष कुलिन तर्फ समूहका सहभागीहरु तर्फ पहिलो हुनेले नगद ७५ हजार, मेडल, प्रमाणपत्र, दोस्रो हुनेले नगद ५० हजार, मेडल र प्रमाणपत्र, तेस्रो हुनेले नगद ३० हजार, मेडल र प्रमाणपत्र, चौथो हुनेले नगद १५ हजार नगद, मेडल, प्रमाणपत्र र पाचौ हुनेले ७ हजार ५ सय रुपैया, मेडल र प्रमाणपत्र पाउने आयोजक लिगलिग भिलेज स्पोर्टसका अध्यक्ष विनोद श्रेष्ठले बताए ।
त्यस्तैगरी, पुरुष मास्टर समूहमा प्रथम हुनेलाई १५ हजार, दोस्रोलाई १० हजार र तेस्रो हुनेलाई ५ हजार नगद प्रदान गरिने छ । स्थानीयतर्फ पालुङटार, गोरखा नगरपालिका र सिरानचोक गाउँपालिका तथा लमजुङको राईनास र भानु नगरपालिका सहभागीहरु भने क्रमश प्रर्थम, द्वितिय र तृतिय हुनेलाई .५, ३ र २ हजार नगद प्रदान गरिने भएको छ ।
लिगलिगकोटमा रहेको राष्टिूय झण्डा भएको स्थानबाट सुरु भएर पुनः सोही स्थानमा फर्किएर दौड कार्यक्रम समापन हुने उनले बताए । लिगलिग भिलेज स्पोर्टसका आयोजना पालुङटार नगरपालिका, गोरखा नगरपालिका साथै प्रदेश खेलकुद परिषद गण्डकी प्रदेशले प्रायोजन गरेको छ भने प्रर्वद्धकमा रुपमा पर्यटन बोर्ड रहेको छ । प्राविधिक सहयोग नेपाल साइक्लिङ संघ र राष्टिूय खेलकुद परिषद रहेका छन् ।
मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय, उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालय गण्डकी प्रदेश, गोरखाको सिरानचोक गाउँपालिका, लमजुङको राइनास नगरपालिका र तनहुँको भानु नगरपालिकाले सह(प्रायोजन गरेको छ । आयोजकले दौडमा सहभागी हुनका लागी प्रति ब्यत्ती १ हजार ५०० रुपैयाँ दस्तुर तोकेको छ । दिउसो विविध साँस्कृतिक कार्यक्रम राखिएको छ ।
जस अन्तर्गत, लोकदोहोरी गीत प्रतियोगिता, बालन, चुटका, लाखेनाच, राष्टिूय चर्चित कलाकारहरुको बेजोड सांगेतिक प्रस्तुती रहने लिगलिग भिलेज स्पोर्टसका सचिव प्रमिला गुरुङ रानाले जानकारी दिइन । गत बर्षको दौडमा २ जना विदेशी सहित ८५ जनाले सहभागीता जनाएकोमा यस बर्षको दौडमा १० जना विदेशी सहित १०० जनाले सहभागीता जनाउन सक्ने आयोजकले अनुमान गरेको छ ।




