| आइतवार, कार्तिक २२, २०८३

नेपाल कराँते महासंघ गोरखा शाखा गठन

नेपाल कराँते महासंघ गोरखा शाखा गठन भएको छ ।

आइतवार भएको भेलाले रामबहादुर थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको हो । जसको उपाध्यक्षमा अमृत श्रेष्ठ, सचिवमा सन्देश राना मगर, सह–सचिवमा अमृता गुरुङ र कोषाध्यक्षमा बुद्ध लामा चयन भएका छन् ।

सदस्यहरुमा अनिता घले, सक्षम लामा, बमिन गुरुङ, गणेशबहादुर गुरुङ, पदम गुरुङ, सोमबहादुर थापा मगर, जुना बिक, मैते गुरुङ, जितु सुनुवार र कविता घले रहेका छन् ।

सल्लाहकारमा कृष्णमानसिंह बस्नेत (शान्तसिंह बस्नेत), पञ्च राई, कृष्ण गुरुङ र बिष्णु राना मगर चयन भएका छन् । नेपाल सितेरियो कराँते खेलका प्रशिक्षकसमेत रहेका ग्याम्जो लामा संरक्षकमा मनोनित भएका छन् ।

भेलाले यही फागुन २६ र २७ गते पोखरामा हुने गण्डकी प्रदेशको अधिवेशनका लागि ग्याम्जो लामा, बुद्ध लामा, अमृता गुरुङ र रामबहादुर थापालाई प्रतिनिधिको रुपमा पठाउने निर्णय समेत गरेको छ । कार्यक्रममा रेफ्री समिति गण्डकी प्रदेशका सचिव मनिराम थापा मगरको पनि सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्