| आइतवार, अशोज १७, २०८३

गाउँको विकास भए गुणस्तरीय शिक्षा सम्भवः सभामुख

गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले गाउँमै वस्ने वातावरण वनाउन सकेमा मात्र गुणस्तरीय शिक्षाको विकास हुने बताएका छन् । सहिद लखन गाउँपालिका तिनमानेमा अवस्थित जलदेवी माध्यामिक विद्यालयको ४५ औं बार्षिकोत्सव तथा अभिभावक दिवसको अवसर बोल्दै सभामुख धितालले सो कुरा बताएका हुन् ।

वर्तमान समयमा गाउँहरु रित्तो हँुदै जाने र विद्यालयमा विद्यार्थी घट्दै जानुले गाउँका विद्यालयहरु धरासायी बन्दै गएको प्रति उनले चिन्ता जनाएका थिए ।
त्यस्तै, शिक्षाको लागि विद्यालयहरुमा भैतिक प्रगति राम्रो देखिएपनि गुणस्तरीय शिक्षामा वृद्धि हुन नसकेको उनले बताए । सरकारले शिक्षाको हरेक विकासमा अर्बाैं खर्च गरेको बताउँदै त्यस अनुरुपको परिणाम दिन स्थानीय तह देखि शिक्षक, स्थानीय बुद्धिजीवी लाग्नु पर्ने भन्दै ठोस योजना सहित जलदेवी विद्यालयको शैक्षिक प्रगतीमा चासो राख्न सबैमा उहाँले आग्रह समेत गर्नुभयो ।
गाउँमा रोजगारी अभाव हुनु, बसाइसराई र गाउँघरमा भएको दक्ष जनशक्ति विदेश पलायन हुनु अहिले मुख्य समस्या भएको पनि उनले बताए ।
कार्यक्रमा उनले तिनमाने वरिपरीको बस्तीमा सुन्तला खेती हुने गरेको स्मरण गर्दै कृषि क्षेत्रको विस्तार र बजारीकरणमा देखा परेको समस्यालाई समाधान गर्न सबैको ध्यान जानुपर्ने बताए ।

कार्यक्रममा बिद्यालयलाई आर्थिक सहयोग गर्नुहुने, बिद्यालयलाई जग्गा दिनुहुने, अक्षयकोष स्थापना गर्नुहुनेलाई सम्मान गरिएको थियो । शैक्षिक सत्र २०७८ मा उत्कृष्ठ अंक ल्याउने बिद्यार्थीहरु, बिभिन्न खेलकुद बिदामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडी बिद्यार्थी तथा हाउसलाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रममा सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगर, वडा नं. ५ का वडाअध्यक्ष यम बहादुर रानामगर, स्थानीय तहका जनप्रतिनीधिहरु, बुद्धिजीवि, बिद्यालयलाई आर्थिक सहयोग गर्ने दानबिरहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्