| मङ्लबार, अशोज ५, २०८३

गोरखा दरबार, गोरखकाली मन्दिरको पुनर्निर्माण

रामबाबु जोशी
शाह वंशिय राजा द्रव्यशाहबाट स्थापित गोरखा राज्य र गोरखकाली माईको सम्बन्ध वारे इतिहासका धेरै महत्वपूर्ण अभिलेखहरुबाट अवगत छ । द्रव्य शक्ति प्राप्त राजा शाह वंशिय सन्तानका सवै कुराले परिपूर्ण व्यक्तित्व भएकै हुनाले गोरखाका अज्र्याल, पन्त र पाँण्डे दुरदर्शी ज्योतिषिहरुले पत्ता लगाएर राजा हुन सर्वमान सर्वशक्ति गुणले सु(सम्पन्न (माइलो) छोराको रुपमा जन्मिएका लमजुङ्गका द्रव्यशाहलाई राजाको रुपमा गोरखा राज्यको राजा बनाउने योजना मुताविक वि.स. १६१६ मा राज्याभिषेक गराइएको थियो ।
गोरखा अन्तर्गतका तल्लोकोट, माथिल्लोकोट र माझकोटका राजाहरुको अन्याय र अत्याचारको अन्त गर्ने कार्यको साथै शुसासन कार्य यिनै राजा द्रव्यशाहबाट हुन गयो । यिनै पराक्रमी राजाका नाती न्यायप्रेमी, विद्धान राजा रामशाहबाट निर्मित स्थापित गोरखा राज्यको राजदर्वार, गोरखकाली माईको पवित्र मन्दिर, वावा गुरु गोरखनाथको गोरखगुफा २०७२ को महाभुकम्पले अपूरणिय क्षति गरेको अवस्था छ । आधुनिक नेपालको निर्माण गर्ने मुख्य नायक वडामहाराजा श्री ५ पृथ्वीनारायण शाहको राजदरबार, गोरखकाली माइको मुल मन्दिर २०७२ को भूकम्प पश्चात अहिलेसम्म शुरुवातकै चरणमा रहनु लाजमर्दो र वडो दुखदायी कुरो हो ।
नेपालको इतिहासमा गोरखाजस्तो महत्वपूर्ण ऐतिहासिक, धार्मिक महत्वको स्थल कुनै छैन र रहने पनि छैन ।
आज सवै गोरखालीको शिर निहुरिन पर्नेमा राजनिती गर्ने राजनैतिक व्यक्तिहरुले वडो गम्भिर भएर मनन गर्नुपर्ने यो वर्तमानको दुखद पिडा हो । गोरखकाली माईको वहिनीको रुपमा रहेको माई मनकामनाको मन्दिर निर्माणमा राज्य सरकार, नेता, स्थानिय व्यक्तिहरुको सक्रियता कस्तो थियो हामीले मनन गर्नुपर्ने हुन्छ ।
यो स्थिति गोरखकाली मन्दिर पूनर्निर्माणमा किन हुन सकेन ? यस्को धार्मिक महत्वलाई हामिले उजागर गर्न नसक्नु नै यस्को महत्वमाथी परेको कालो धब्बा हो । इतिहासलाई सम्मान गर्न नसक्दा नै आज हामिले यो दुःखद अवस्था भोग्नु परेको छ ।
गणतन्त्र स्थापनाको समयचक्र संगै आधुनिक इतिहास निर्मण गर्ने गोरखा र महानायक पृथ्वीनारायण शाह प्रतिको नकारात्मक कार्यले हरेक निर्माण र विकासमा हामि सबैको दृष्टिमा समेत अपहेलित भयौ । जातिय राज्यको माग र नेताहरुको अदुदर्शिताले राजनैतिक फाईदामा आगोमा घिउ थप्ने कार्य मात्र भयो । थुप्रै इतिहासका महत्वपूर्ण सम्पत्तीहरु नष्ट मात्र भएनन नकारात्मक भ्रम छर्न मद्दत ग¥यो । पर्यटन व्यवसायलाई सधै हाम्रो आर्थिक श्रोत मानिएको यहि व्यवसायलाई यस्ता कार्यले झन खस्काउन मद्दत ग¥यो ।
पर्यटन व्यवसायलाई सधै हाम्रो आर्थिक श्रोत मानिएको यहि व्यवसायलाई यस्ता कार्यले झन खस्काउन मद्दत ग¥यो । गोरखकाली मन्दिर,पृथ्वीनारायण, गुरुगोरखनाथ हाम्रो मात्र नभै नेपाल र हिन्दु राज्य भर एउटा सम्पदाको श्रोत समेत रहेको छ ।
भूकम्प पश्चात स्थानिय नेपाल, प्रशासक, स्थानिय व्यक्तित्व, सामाजिक व्यक्तित्व, संघ, संस्थाको अथक प्रयासमा, मनकामना मन्दिर, चाँगुनारायण, भक्तपुर स्क्वायर क्षेत्रको सम्पदा, हनुमान ढोकाका सम्पदाहरु लगायत धेरै सम्पदाहरु को निर्माण कार्य सम्पन्न र सम्पन्नको द्रुत गतिमा अगाडि बढेको छ । बाबा गुरु गोरखनाथको धार्मिक महत्व हिन्दु राष्टू भरि ठूलो रहेको छ । माई गोरखकाली र त्यहि मन्दिरमै रहेको शाहवंशिय राजाहरुको राजदर्बार आज भत्किएर खण्डहर छ । पूर्ननिर्माण कार्य रोकिएको छ । किन रोकियो सबैमा जिज्ञासा मात्र हैन चासो पनि छैन आखिर किन? सहयोगको खोजीमा हो कि? गोरखाको पर्यटनको सपना देख्न यहाँको सम्पदाहरुको निर्माण आवश्यक छैन र? दिवास्वप्न देख्ने विद्धतहरुको आलेखहरुलाई ठेस लाग्दैन र? उच्च मा.वि सम्मका अध्ययनरत विधार्थीहरुले इतिहास र धार्मिक सम्पदाहको रुपमा शैक्षिक अवालेकन गर्नुपर्ने महत्वपूर्ण पहिलो सूचिमा परेको यस्ता गोरखाको महत्वपूर्ण सम्पदाको पूर्ननिर्माण अभैm ढिलाई भएमा नकारात्मक असर पर्न जाने छ । एउटा हिरा जस्ता पृथ्वीनारायण शाह गोरखाबाट कान्तिपुर नगरिमा गएर हराए जस्तो गोरखाको महत्व बुझ्ने र यहि गोरखाको माटोबाट उठेर महान बन्ने राजनितिज्ञ प्रशासक, समाजसेवि, उद्योग वाणिज्य क्षेत्रका अग्रज र नेतृत्वहरुले गोरखकाली दरबारबो पूर्ननिर्माणमा ध्यान, चासो र प्रत्यक्ष लागिपर्नुपर्ने समय आएन र? जय होस गोरखा ।

प्रतिक्रिया दिनुहोस्