| सोमवार, कार्तिक २३, २०८३

अर्थतन्त्र जगाऊ

मुलुक श्रीलंकाको पथमा छ भन्नेलाई जानकाहरुले छैन भनेर सान्त्वना दिदै आएका त हुन् तर धरातलीय यथार्थ सहज छैन । उद्योगी, व्यापारीहरुसंग सोध्ने हो भने बजार जर्जर छ ।

कोभिडले ओछ्यानमा पु¥याएको अर्थतन्त्र, रुस युक्रेन युद्धले कोमामा पु¥याउने सक्ने चिन्ता छ । बजारमा, उद्योग, व्यापारमा मात्र होइन, राज्यकोषमा पनि सुख्खा लागेको छ । त्यसैले विकासका आयोजनाहरुमा भरोसा लाग्ने गरी काम भएका छैनन् । भुक्तानी पाउनेमा ठेकेदारहरु ढुक्क छैनन् ।

मुलुकको अर्थतन्त्र चिन्ताजनक बन्दै गएको छ । उसो भए अर्थतन्त्र जगाउन के गर्नुपर्छ त ? सरकारले यस बारे छिट्टै सोच्नुपर्छ । विज्ञहरुसित परामर्श गर्नुपर्छ । उनीहरुको उचित सुझावअनुसार चल्नु पर्छ ।

मोफसलका उद्योगी व्यापारी भन्छन्, ब्यापारिक घरानाहरुको कर छली गरेर डम्प गरेर राखेका काला धनलाई यो विशेष परिस्थितिमा खुकुलो गरी वैध बनाएर निकाल्ने नीति अबलम्बन गर्नुपर्छ । नव धनाढ्यहरुलाई विदेशी कम्पनीमा सेयर हाल्न निषेध गर्ने नीति लिनुपर्छ ।

व्यापारीहरु आर्थिक संकटको मारमा छन्, मुलुक धरासायी भइरहेको छ, तर वैँकहरु साविकको झैँ नाफामा छन् । यो कसरी भइरहेको छ ? अहिले वैँहरुले असाध्यै धेरै व्याजदर बढाइरहेका छन् । यसमा न्यूनिकरण हुनुपर्छ । यो विशेष परिस्थिति साम्य नहुञ्जेल पुनर्कर्जाको व्यवस्था पनि लागु हुनुपर्छ ।

कच्चा पदार्थ आयातमा सहजता, उत्पादनमुखी राष्ट्रिय नीति, उपभोग्य बस्तुहरुमा आत्मनिर्भर हुनुपर्छ । सरकारले राष्ट्र वैँकलाई धेरै अंकुश नलगाई निस्फिक्री काम गर्न दिनुपर्छ । रेमिट्यान्स भित्र्याउनमा जोड दिनुपर्छ, विदेशी पर्यटक भित्र्याउने, स्वदेशी पर्यटकको विदेश भ्रमण घटाई स्वदेश भ्रमणको दर बढाउने आयात घटाउने निर्यात बढाउने गर्नुपर्छ । उत्पादन तथा निर्यात बढाउने कुराहरु त साझा भइहाले । यसरी गिर्दो अर्थतन्त्रलाई बेलैमा पुनर्जीवन दिनु जरुरी छ ।

प्रतिक्रिया दिनुहोस्