| आइतवार, कार्तिक २२, २०८३

बढ्यो सुनचाँदी मूल्य

नेपाली बजारमा आज बुधबार सुनचाँदीको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार सुन प्रतितोला ५ सय रुपैयाँले बढेको छ।

आज छापावाला सुन तोलाको एक लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको छ।

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

यसैगरी आज तेजाबी सुनको मूल्य एक लाख एक हजार ८ सय रुपैयाँ कायम भएको छ।

यस्तै, बुधबार चाँदीको मूल्य पनि १५ रुपैयाँले बढेर तोलामा १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्