| सोमवार, कार्तिक २३, २०८३

कुुकुरको सहयोगमा मदनको शव फेला

गत शुक्रबारदेखि वेपत्ता भएका आँबुखैरेनी गाउँपालिका वडा नं. ३ का ३६ वर्षका मदन घिमिरेको शव प्रहरीद्वारा परिचालित तालिम प्राप्त कुुकुरको सहयोगमा फेला परेको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक गायत्रीराज शर्मा नेतृत्वको टोली र सशस्त्र प्रहरी बल विपत व्यवस्थापन तालिम केन्द्र कुरिनटारबाट खटिएका सशस्त्र प्रहरीको गोताखोरको टोलीले मंगलबार बिहान शव फेला पारेका हुन् ।

टोलीले मस्र्याङ्गदी नदीमा पसी पानीको सतहदेखि ४० मिटर गहिराइमा खोज तलास गर्दा मदन घिमिरेको शव भेटिएको प्रहरीले जनाएको छ ।

उनको शव खोज तलासका लागि उनकी श्रीमतीले गत शनिबार इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा निवेदन दिएकी थिइन् । खोज तलासको क्रममा मदनले प्रयोग गरेको ग.२३ प. २१३८ नम्बरको स्कुटर वेपत्ता भएकै दिनमा आँबुखैरेनी(४, डम्पिङ्गस्थित पृथ्वी राजमार्गको सडक किनारमा वेवारिसे अवस्थामा फेला परेको थियो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुुकुर समेत ल्याई खोजतलास गर्दा मदनको शव भेटिएको हो । शवको पोस्टमार्टमका लागि जिल्ला अस्पताल दमौली लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्