| आइतवार, कार्तिक २२, २०८३

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

आइतबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार सुनको मूल्य तोलामा ४ सय र चाँदीको मूल्य १५ रूपैयाँले घटेको छ ।

आइतबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख दुई हजार, तेजावी सुनको मूल्य एक लाख एक हजार ५ सय र चाँदीको मूल्य १ हजार २६० रुपैयाँ तोकिएको छ ।

शुक्रबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख २ हजार ४ सय, तेजावी सुनको मूल्य एक लाख एक हजार ९ सय र चाँदीको मूल्य १ हजार २७५ रूपैयाँ तोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्