
गोर्खाकाली रनिङ कप : पृथ्वी र खोप्लाङ सेमिफाइनलमा
गोरखा सदरमुकाममा जारी गोर्खाली रनिङ कप प्रतियोगितामा पृथ्वी युथ क्लव र खोप्लाङ एफसी सेमिफाइनल प्रवेश गरेको छ । हरमटारी खेल मैदान जारी फुटबल प्रतियोगिता अन्तरगत बुधबारको खेलमा यि दुई टिम सेमिफाइनल प्रवेश गरेको हो ।
बुधबार भएको पहिलो खेल पृथ्वी युथ क्ल र सेन्ट्रल कलेज एभरेष्ट क्लव चितवबीच भएको थियो ।
उक्त खेलको पहिलो हाफमा पृथ्वी युथ क्लवले एक गोल ग¥यो भने खेलको दोस्रो हाफमा एभरेष्ट क्लवले एक गोल फर्काएको थियो । निर्धारित समय भित्र दुवै टिमले एक÷एक गोलको बराबरी खेलेपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । टाइब्रेकरमा पृथ्वी युथ क्लवले चार गोल ग¥यो भने एभरेष्ट युथ क्लवले एक गोल गरेको हरमटारी क्लवका महासचिव किरण ढकालले बताए । उक्त खेलमा पृथ्वी युथ क्लवका अर्जुन चौधरी म्याद अफ द म्याच घोषित भएका थिए । उनले नगद १५ सय रुपैया पाएका छन् ।
त्यस्तै, दोस्रो खेल खोप्लाङ एफ सी गोरखा र चाइनीज धारा फेमली गोरखा बीच प्रतिस्पर्धा भएको थियो । सो प्रतियोगितामा चाइनिच धारालाई ५–१ गोल अन्तरले पराजित गर्दै खोप्लाङ एफ सी विजयी बन्यो । उक्त खेलबाट म्याद अफ द म्याच घोषित भएका खोप्लाङ एफसीका गोल किपर उज्वल शाही रु १५ सय नगद पुरस्कार पाएका थिए । योसँगै गोर्खाली रनिङ कपमा क्वाटरफाईनका खेल सकिएको छ भने अव सेफिनाइल खेल सुरु हुनेछ ।
सेमिफाइनल अन्तरगत विहिबारको पहिलो खेलामा हरमटारी थुथ क्लव ए र पृथ्वी युथ क्लव बीच प्रतिस्पर्धा हुने छ । त्यस्तै, शुक्रबार सपिपपल युथ क्लव र खोप्लाङ एफसी बीच खेल हुने क्लवका महासचिव किरण ढकालले बताए ।
जिल्लाकै सर्वाधिक पुरस्कार राशीको मानिएको गोर्खाली रनिङ प्रतियोगिता विजेता टिमले नगद दुई लाख २२ हजार दुई सय २२ रुपैया र उपविजेता नगद एक लाख ११ हजार एक सय ११ रुपैया नगद सहित कप, मेडल र प्रमाणपत्र प्रदान गरिने क्लवका महासचिव किरण ढकालले बताए । त्यस्तै, सेमिफाइनलिस्ट हुने दुई टिमले क्रमश ५०–५० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
सो प्रतियोगितामा विभिन्न विधा अन्तरगत सर्वोत्कृष्ट खेलाडीले रु १५ हजार, सर्वोत्कृष्ट अग्रपंक्ति, सर्वोत्कृष्ट मध्यपंक्ति, सर्वोत्कृष्ट रक्षक, सर्वोत्कृष्ट गोलरक्षक र सर्वोत्कृष्ट गोलकर्तालाई रु ७ हजार ५ सय ्७ हजार ५ सयका दरले नगद पुरस्कार सहितसम्मान गरिने उनले बताए । त्यस्तै, हरेक खेलमा एक जना खेलाडीलाई म्यान अफ द म्याच घोषित गरी नगद पुरस्कारसहित सम्मान गर्ने कार्यक्रम रहेको अध्यक्ष गुरुङले जानकारी दिए ।




