
खुल्ला सेभेन ए साइट फुटबल प्रतियोगिताको उपधि कोभिड वारियर क्लवलाई
खुल्ला सेभेन साइट फुटबल प्रतियोगिताको उपधि कोभिड वारियर क्लवले जितेको छ ।
महाशिवरात्रीको पावन अवसरमा थानी मण्डली सोरठी समाज युवा क्लब आरुघाट गा.पा.–५ ओयाक द्वारा आयोजित खुल्ला सेभेन ए साइटमा फुटबल प्रतियोगिताको उपाधि कोभिड वारियरले जितेको हो ।
आइतबार भएको फाइनल खेलमा फाइनल खेलमा फुलपाती देउराली डाँडागाऊ युवा क्लवलाई २ का विरुद्ध ५ गोलले पराजित गर्दै कोभिड वारियरले जितेको टिम म्यानेजर भुमिनन्द खनालले बताए ।
प्रतियोगितामा विजेता टिमले ३० हजार नगद सहित ट्रफि, मेडल र प्रमाणपत्र र उपविजेतले २० हजार नगद सहित मेडल र प्रमाणपत्र वितरण गरिएको थियो । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट खेलाडी तथा उच्च गोलकर्ताको सम्मानसमेत स्वास्थ्यकर्मीको टिमका खेलाडीहरुले नै पाएका छन् ।
कोभिड वारियर क्लवका टिम कोच डा. अमरेशकुमार मण्डलका अनुसार लकडाउनको समय देखि नै पालिकाका स्वास्थ्यकर्मीहरु फुटबलको अभ्यास गर्दै आएका थिए ।
उक्त प्रतियोगिता फागुन ३ गतेबाट सुरु भई सात गते सम्पन्न भएको हो । प्रतियोगितामा धादिङ, नुवाकोट, गोरखा जिल्लाका २० टिमको सहभागिता रहेको थियो ।
आरुघाट गा.पा. ५ का वडाध्यक्ष टेकबहादुर खड्काको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।




