| आइतवार, कार्तिक २२, २०८३

गोर्खाली रनिङ कप : दोस्रो दिनको खेलमा सतिपिपल, पृथ्वी र खोप्लाङ विजयी

गोरखा सदरमुकाममा जारी तेस्रो गोर्खाली रनिङ कप फुटबल प्रतियोगितामा सोमवार तीनवटा खेल सम्पन्न भएको छ । पहिलो खेलमा ८–१ गोल अन्तरले भीमसेन तारालाई हराउँदै सतिपिपल युथ विजयी बन्यो । सतिपिपलकालागि बिक्की चाम्लिङ राईले ६ गोल गरेका थिए ।

दोस्रो खेलमा द ओसन क्लव दलभञ्ज्याङलाई हराउँदै पृथ्वी युवा क्लव विजयी बन्यो । ४–१ गोल अन्तरले पृथ्वी युवा क्लव विजयी बनेको हरमटारी क्लवका महासचिव किरण ढकालले बताए । पृथ्वीको जितकालागि रविन स्याङतानले ह्याट्रिक गरेका थिए ।

सोमवारको तेस्रो खेलमा हरमटारी बि लाई १३–० गोल अन्तरले पराजित गर्दै खोप्लाङ फुटबल क्लव विजयी बन्यो । खोप्लाङको जितकालागि समिन थापाले ९ गोल गरेका थिए ।
सोमवारको अन्तिम खेलमा दर्शको बाक्लो उपस्थिती थियो । हरमटारी खेलमैदान भित्र र आसपासबाट सयौँ दर्शकले फुटबल हेरेका थिए ।

गोर्खाली रनिङकप अन्तरगत मंगलवार २ खेल हुनेछ । पहिले खेल दिउँसो १२ बजे हरमटारी ए र अलस्टर ११ एफसी बिच हुने छ भने दोस्रो खेल दिउँसो ३ बजे सतिपिपल युथ क्लव र आरुघाट गाउँपालिका बिच हुने हरमटारी क्लवका महासचिव ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्