
गोर्खाली गायिका सरुना दवाडीको पहिलो एल्बम ‘चरी कहाँ छ’ सार्वजनिक
चरी कहाँ छ वनमा छ
मायाँ कहाँ छ मनमा छ ।
फूल दिए ओइलिन्छ ।
रुमाल दिए मैलिन्छ ।
नलाउ माया गाउँभरि हल्ला फैलिन्छ । ।
गोर्खाली गायिका सरुना दवाडीको स्वर रहेको गीत ‘चरी कहाँ छ’ सार्वजनिक भएको छ । बारपाक सुलिकोट गाउँपालिका ताकुकोट घर भएकी दवाडी सानै देखि गीत संगीतमा रुचि राख्थिन् । उनको यो पहिलो गीत हो । उनी बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर ८ की निर्वाचित वडा सदस्य पनि हुन् ।
‘सानैदेखि गीत गाउनमा रुचि थियो’, उनले भनिन्, ‘बिभिन्न कार्यक्रमहरुमा पहिलेदेखि सहभागी हुँदै आएको थिएँ ।’
प्रवीण घर्तीमगर र सरुना दवाडीको स्वर रहेको यो गीतलाई तिर्सना म्यूजिक प्रालिले बजारमा ल्याएको हो ।
बाबुराम बोहोराको लय शब्द रहेको गीतमा संगीत संयोजक विनोद पराजुलीले गरेका छन् । दुर्गा पौडेलको छायाङ्कन रहेको गीतको सम्पादन बिष्णु शर्माले गरेका हुन् ।
उक्त गीतको म्यूजिक भिडियोमा बविन ठकुरी, सरिस्मा राम्जाली मगरले अभिनय गरेका छन् भने निर्देशन स्मृति तिमल्सिनाको रहेको छ । उक्त गीतमा संगीत संयोजन विनोद पराजुलीले गरेका छन् ।




