| सोमवार, कार्तिक २३, २०८३

२०८० सालमा पनि पृथ्वी जयन्ती र जनयुद्ध दिवसमा सार्वजनिक विदा(अरु विदा कुन–कुन दिनमा)


सरकारले २०८० सालको क्यालेण्डरमा पृथ्वी जयन्ती र जनयुद्ध दिवसको विदा थपेको छ । आउँदो भदौसम्म सार्वजनिक बिदाबारे पुनरावलोकन गरिसक्ने सरकारले निर्णय गरेको हो ।


बिहिबार बसेको मन्त्रिपरिषद् बैठका निर्णय शुक्रबार सार्वजनिक गर्दै सरकारका प्रवक्ता रेखा शर्माले २०८० सालका लागि क्यालेन्डर तथा पात्रोहरू छाप्ने काम सकिन लागेको अवस्थामा बिदा पुनरावलोकन नगरिएको बताइन् ।


गृह मन्त्रालयले सार्वजनिक बिदा पुनरावलोकनसम्बन्धी प्रस्ताव मन्त्रिपरिषदमा लगेको थियो । गत वर्षका सबै बिदा कायमै राख्ने र थप २ दिन बिदा थप गर्दै क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने निर्णय गरेको छ ।


सरकारले २०७९ सालको राजपत्रमा वैशाख १ गते नववर्ष विदा, चण्डीपुर्णिमा तथा उँभौली पर्व विदा, जनैपुर्णिमा, कृष्ण जन्मअस्टमी, घटस्थापना, फूलपातीदेखि द्वादशीसम्म, लक्ष्मीपूजा, गाईतिहार, गोवद्र्धन पूजा, भाइटीका, छठ, उँधौलीमा विदा दिर्ने निर्णय गरेको थियो ।

त्यस्तै क्रिसमस, तमु ल्होसार, माघे संक्रान्ति(माघी), सोनाम ल्होसार, महाशिवरात्री, ग्याल्पो ल्होसार, बकर इद, इदुल फित्र र फागुपुर्णिमाका दिनमा सार्वजनिक विदा दिने राजपत्रमा उल्लेख गरेको थियो ।


त्यस्तै मे १ मा मजदुर दिवस, जेठ १५ मा गणतन्त्र दिवस, असोज ३ गते संविधान दिवस, फागुन ७ गते प्रजातन्त्र दिवस, मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसका दिनमा सार्वजनिक विदा दिने राजपत्रमा उल्लेख गरेको छ ।


सरकारले यसबर्षदेखि बर्षेनी फागुन १ मा जनयुद्ध दिवस र पुस २७ मा पृथ्वीजयन्तीका अवसरमा सार्वजनिक बिदा दिन सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस्