
महाशिवरात्रीको अवसरमा बुङ्गकोटको सन्तानेश्वर मन्दिर सरसफाई
मदन लोहनी :
शहिदलखन गाउँपालिका वडा नं. ८ स्थित मा पर्ने सन्तानेश्वर मन्दिर वरिपरी सरसफाई गरिएको छ । फागुन ६ गते अर्थात भोलि त्रयोदशीमा लाग्ने महाशिवरात्री मेलाका लागि सरसफाई गरिएको हो ।

गाउँले सबै मिलेर मन्दिर वरपर सरसफाइ गरिएको स्थानीयहरुले बताएका छन् ।

महाशिवरात्रीको अवसरमा सन्तानेश्वर मन्दिरमा दर्शनार्थीको भीड लाग्ने भएकाले मन्दिर क्षेत्रमा सरसफाई कार्यक्रम गरिएको सन्तानेश्वर मन्दिर व्यवस्थापनको समितिको सचिव अमृत बाबु श्रेष्ठले जानकारी दिए ।






