
गोरखामा हत्याको अभियोगमा २ जना पक्राउ
एक महिलाको हत्या गरेको अभियोगमा गोरखा नगरपालिका १२ का दुई जना पुरुषलाई प्रहरीले पक्राउ गरेको छ । माघ २४ गते गोनपा १२ को रत्नेटारकी ३० वर्षिय बिमला कुमाल मृत भेटिएकी थिईन ।
उनी मृत भेटिएपछि कर्तब्य गरी मारेको भन्ने जाहेरी परेपछि प्रहरीले सोही ठाउँमा ४० वर्षिय चन्द्रबहादुर कुमाल र ३३ वर्षका धिरज कुमाललाई पक्राउ गरिएको एसपी अनुपम श्रेष्ठले बताए ।
घटनापछि फरार रहेका चन्द्रबहादुर कुमाललाई प्रहरी कार्यालय कञ्चनपुरको सहयोगको सहयोगमा माघ २५ गते महेन्द्रनगरबाट पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेका दुबैजनालाई जिल्ला अदालत गोरखाबाट हिरासतमा राखी अनुसन्धान गर्न म्याद थप गरि अनुमति लिइएको उनले बताए ।




