| सोमवार, कार्तिक २३, २०८३

कान्तिपुरकर्मी आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत

कान्तिपुरकर्मी कृष्ण आचार्यसहित ६ आर्थिक पत्रकार पुरस्कृत भएका छन् । आर्थिक पत्रकार समाजले आयोजना गरेको

(सेजन अवार्ड) कार्यक्रममा ६ जना पत्रकारले अवार्ड पाएका हुन् । अर्थतन्त्रका सवालमा पत्रकारिताका माध्यमबाट उल्लेख्य योगदान पुर्‍याउनेलाई सेजनले अवार्ड प्रदान गर्दै आएको छ ।

अन्नपूर्ण पोष्टका ममत थापा र सुरेन्द्र काफ्लेले सेजन अवार्ड पाएका छन् । यस्तै ब्रोडकास्ट मिडिया अवार्ड ग्यालेक्सी फोर के टीभीका विनय बन्जराले पाएका छन् ।

डा.भोला चालिसे लिबरल जर्नालिजम अवार्ड कान्तिपुरका आचार्यलाई दिइएको छ । सेजन डिजिटल मिडिया अवार्ड पहिचान मिडियाका ठाकुर प्रसाद दुलाल ९माधव० र छापातर्फ टक्सार म्यागजिनका प्रधान सम्पादक गजेन्द्र बुढाथोकीले अवार्ड पाएका छन् । सन्जय न्यौपाने फेलोसिप अवार्ड कारोबार दैनिककी कौसिला कुँवरले पाएकी छन् ।

प्रतिक्रिया दिनुहोस्