| सोमवार, कार्तिक २३, २०८३

एउटा पार्टीले दिवस मनाउँदा सार्वजनिक विदा ?

गोरखाका ११ मध्य नौ वटा पालिका माओवादीको नेतृत्वमा छ । नौमध्य पनि छ पालिकामा आउँदो फागुन १ गते सार्वजनिक विदा आव्हान गरिएको छ । चारमध्य पनि दुई पालिकामा कांग्रेसबाट विजयी उपाध्यक्षहरुले फरक मत राखे । सुनुवाइ भएन, अन्ततः सार्वजनिक विदा घोषणा भइछाड्यो ।

२०५२ सालको फागुन १ गते तत्कालीन नेकपा माओवादीले जनयुद्ध सुरु गरेको दिन हो । सो जनयुद्ध १० बर्ष सञ्चालन भयो । त्यसक्रममा राज्यपक्ष र विद्रोही पक्षका गरी करिब १७ हजार नेपाली नागरिकले सहादत पाए ।

२०६२÷०६३ को १९ दिने जनआन्दोलनले लोकतन्त्र पुनस्थापना ग¥यो । जनआन्दोलनमा तत्कालीन सातदलसित सहकार्य गरेको माओवादीले नवगठित सरकारसंग शान्तिवार्ता र वृहत शान्ति सम्झौता गरेर १० बर्षे सशस्त्र विद्रोह समाप्त ग¥यो । २०६३ मा माओवादीका सांसदहरु पनि समावेश भएर अन्तरिम संसद बन्यो । २०६४ को चुनावमा सहभागी भएर माओवादीकै अध्यक्ष प्रचण्ड नेतृत्वमा सरकार बन्यो । त्यसरी सशस्त्र युद्ध लडेको माओवादी शान्ति प्रक्रियामा आएको थियो ।

त्यही दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउने गर्छ, आफ्नो गौरवशाली इतिहास बोकेको ऐतिहासिक दिनको स्मरण गर्छ । माओवादी फुटेर बनेका विभिन्न पार्टीहरुले पनि सो दिनलाई गौरवका साथ स्मरण गर्दै मनाउने गर्छन् ।

२०६५ साउन ३१ देखि २०६६ जेठ ११ सम्म पहिलो पटक सरकारको नेतृत्व गरेका बेला पनि माओवादी अध्यक्ष प्रचण्डले फागुन १ मा सार्वजनिक विदा घोषणा गरेनन् । पार्टीले धुमधामले मनायो । फेरि २०७३ साउन २० देखि २०७४ जेठ २४ सम्म दोस्रो पटक पनि सरकारको नेतृत्व गरे । त्यतिबेला पनि फागुन १ गते सार्वजनिक विदा गरेनन् ।

अहिले २०७९ गते पुस १० गते पनि प्रधानमन्त्री बनेर देशको नेतृत्व गरेका छन् तर सार्वजनिक विदा गरेनन् । तर गोरखाका पालिका जितेका अध्यक्षज्यूहरुले आफूले जितेका पालिकामा सार्वजनिक विदा घोषणा गरेका छन् । यसले दिने सन्देश के हो ?

प्रतिक्रिया दिनुहोस्