
गोरखाको ‘गौरव’का योजना प्राथमिकिकरण होस्
गोरखा क्षेत्र नम्बर १ को प्रतिनिधि सभा तथा प्रदेश सभा सांसद र स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकिय अधिकृतहरु बिच समन्वयात्मक बैठक भयो । बैठकको मस्कत थियो, यस क्षेत्रका महत्वपूर्ण ‘गौरव’का योजनाको प्राथमिकिरण गर्ने र ति योजना कार्यन्वयन गराउन स्रोत साधन जुटाउने ।
बूढीगण्डकी जलविद्युत आयोजना निर्माण, ठोरी, गोरखा बजार रुईला भञ्ज्याङ सडक निर्माणलाई पहिलो बैठकले मुख्य ऐजेण्डा बनाएको छ । यसरी पालिका स्तरका जनप्रतिनिधि, कर्मचारीसँगै राखेर प्रदेश र प्रतिनिधि सभाका सांसदले योजना छनौट गरेको यो पहिलो पटक हो ।
छलफलमा क्रममा सहभागीले योजना छनौट र कार्यन्वयनमा कुनैपनि दल र नेताले बिचार आस्थालाई बिर्सेर काम गर्नुपर्ने र आफुले गर्ने प्रतिवद्धता समेत जनाए । गोरखाका जनप्रतिनिधि एकजुट भएर बिकास निर्माणमा अग्रसरता लिनु सहूानिय काम हो ।
गौरवका योजना छनौटमा सबैको समान सहभागीता र अपनत्वले बिकासको गतीपनि छिटो हुन सक्छ । पालिकापिच्छे फरक(फरक स(साना टुक्रे योजना माग गर्ने, र आफ्नो पालिका केन्द्रित योजनामा नेताहरु लाग्दा देखिने बिकास नहुन सक्छ । ठुला गौरवको योजना बनाउने र त्योबाट त्यस क्षेत्र, जिल्ला र प्रदेशलाई नै फाईदा हुने गरी गौरवका योजना अघि बढाउनुपर्छ । जुन गोरखा क्षेत्र नम्बर १ का जनप्रतिनिधिबिच भएको पहिलो बैठकले निर्णय गरेको छ ।
निर्णय गर्नु, बैठक गर्नु, छलफल गरेर प्रयास थाल्नु राम्रो हो । तर भएका निर्णय कार्यन्वयन चरणमा झक्झक्याउने, स्रोत खोजी गर्ने, संघ, प्रदेश सरकार समक्ष पहल गर्ने काममा पनि जनप्रतिनिधि एकजुट हुनुपर्छ । हरेक तीनतीन महिनामा बैठक बसेर यसअघिको निर्णयको बारेमा समिक्षा गर्ने जनप्रतिनिधिको योजना मनासिब छ ।
तर समिक्षा गर्दैगर्दा यसअघि भएका निर्णयको सुधारोन्मुख नतिजा सहित समिक्षा गर्न सकेको खण्डमा प्रभावकारी हुन्छ । जनप्रतिनिधि बिच भएको छलफल रिजल्टमा देखियो भनेमात्रै जनताले विश्वास गर्नेछन् । कुरा मात्रले अहिले गरिएको योजना आगामी निर्वाचनमा जनप्रतिनिधिलाई ‘काउसो’ बन्न सक्छ ।




