
राष्ट्रिय सहमति नभए देश अस्थिरता तर्फः बाबुराम
पूर्व प्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मुलुकलाई अहिले अस्थिरतातर्फ उन्मुख भएको बताएका छन् ।
पार्टीको जिल्ला स्तरीय कार्यक्रममा सहभागी हुन शनिवार गोरखा आएका उनले पत्रकारहरुसँगको कुराकानीमा वृहत शान्ति सम्झौता, भूराजनीतिक अवस्था, विद्यमान शासकीय स्वरुप र निर्वाचन प्रणालीले राष्टिूय सहमति खोजेको उनको भनाइ छ । ‘यही शासकीय स्वरुप र निर्वाचन प्रणाली कायम रहँदासम्म कुनै ब्यक्ति वा दलको बहुमत आउने अवस्था देखिँदैन’, उनले भने, ‘साथै यो पद्धतिले देशमा स्थिरताको संकेत पनि गर्दैन । त्यसैले राष्टिूय सहमतिका आधारमा अघि बढ्नु नै उचित हुन्छ ।’ समग्र राष्ट्रिय राजनीतिमा प्रमुख दलहरुको सहमति आवश्यक रहेको उनले बताए ।
‘दलहरुको सहमतिबिना स्थिरता हुँदैन, आर्थिक संकटको समाधानले पनि राष्टिूय सहमति खोजेको छ’, उनले भने, ‘शान्ति सम्झौता, भू(राजनीतिक सन्तुलन लागयत सबै मुद्दामा राष्टिूय सहमति आवश्यक छ ।’
प्रधानमन्त्री प्रचण्ड तथा कांग्रेसले पनि राष्टूपति पदका लागि राष्टिूय सहमतिको प्रस्ताव गरिरहेका बेला भट्टराईले पनि सोही एजेण्डामा जोड दिएका हुन् ।
उनले नेपाली राजनीतिमा अस्थिरताको संकेत देखिन थालेको तर्क गरे । अविभावकीय भूमिकामा रहेको राष्टूपतिमा सबैको सहमति हुनुपर्ने भन्दै उनले कांग्रेससहितको सहमति आवश्यक रहेको बताए । ‘सरकारमासमेत सबैको सहमति भएर पाँचवर्ष चलाउनुपर्छ’, उनले भने ।
निर्वाचनमा एउटा, निर्वाचनपछि अर्को गठबन्धन भएको प्रसंग जोड्दै उनले राष्ट्रपति निर्वाचनमा सहमति नभएको खण्डमा नेपालको अस्थिर राजनीतिक परिवेशमा प्रतिकुल प्रभाव पर्न सक्ने बताए ।
राष्टूपतिमा आफ्नो नामको चर्चा बारे उनले भने ‘शुभेच्छुकहरुले नाम लिनुभएको होला, अहिले मैले आफैँ बोल्नु समयभन्दा अघि हुन्छ ।’
गृहमन्त्री रवि लामिछानेको नागरिकता खारेजीको विषयमा उनले अदालतको फैसला स्वीकार गरेर जानुपर्ने बताउँदै भने ‘संवेदनशिल मुद्धामा ध्यान पु¥याउन नसक्नु हाम्रो सामुयिक असफलता पनि हो ।’




