| सोमवार, कार्तिक २३, २०८३

कुट्की गायब : लापर्वाही कि गडबढ !

मनास्लु संरक्षण क्षेत्र आयोजना सम्पर्क कार्यालय गोरखाले बुधवार लिलाम गर्न लागेको एक ८३ किलो कुट्की गायब भयो । एक वर्ष अघि पाँच सय २३ किलो कुट्की नियन्त्रणमा लिएको प्रहरीले उक्त परिणामको कुट्की आयोजना कार्यालयलाई बुझाएको जनाएको छ ।

कार्यालयले सोही अनुपातमा कुट्कीको लिलाम बिक्रीको सुचना जारी ग¥यो । सुचना अनुसार ब्यवशायीले टेण्डर दाखीला गरी राजस्व जम्मा गरेर कुट्की लिन आयोजनाको कार्यालय पुगे । त्यहाँ पुगेपछि आफुले राजस्व तिरेअनुसारको कुट्की नभएपछि ब्यवशायी आश्चर्यमा परे ।

पाँच सय २३ किलो कुट्कीको राजस्व तिरेका ब्यवशायीले त्यहाँ तीन सय ४० किलो कुट्की मात्रै पाए । एक सय ८३ किलो कुट्की कहाँ गयो ? यसको जबाफ कार्यालयले दिन सकेन ।

जानकारहरु २०,३० किलो सम्म कुट्की सुकेर तौल घटेको भएपनि एक सय ८३ किलो नघट्ने बताउँछन् । आयोजना कार्यालय प्रहरीले तौल गर्दा अनुमानमा गरेको वा यकिन तौल नगरेको बताउँछ । प्रहरी तौल ठिक रहेको दावी गर्छ । अन्ततः टेण्डर पारेका ब्यवशायीले राजस्व तिरेर अनुसार पाँचसय २३ किलो कुट्की नभएको भन्दै कार्यालयबाट बुझिलिएका छैनन् ।

जे होस् यहाँ दुईवटा आशंका छन् । एउटा पाँच सय २३ किलो तौल थियो र त्यो सम्पर्क कार्यालयले गडबढ ग¥यो । अर्को आफ्नो जिम्मामा लिँदा किन सम्पर्क कार्यालयले तौल गरेन ? उ आफ्नो काममा जिम्मेवार बन्न सकेन कि । जसका कारण आज यो समस्या आयो । समस्या सरकारी अड्डाको हो । तर ब्यवशायीलाई राजस्व खातामा जम्मा भएको पैसा जे गरेपछि फिर्ता हुँदैन, पाँच सय २३ को राजस्व तिर्नुभयो तीन सय ४० किलो कुट्की लैजानु भनेर दबाव दिनु अन्याय हो ।

सर्वसाधारणको सेवा गर्न उनीहरुको तिरेको करबाट तलब खाएका कर्मचारीले यसरी उल्टै जनताको पैसा राजस्व भन्दै असुल्नुपनि यातना हो । कि कार्यालयले राजस्व लिएको कुट्की उपलब्ध गराउनुपर्छ कि त तीन सय ४० किलोको मात्रै राजस्व लिएर अन्य रकम फिर्ता गराउनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्