| बिहिबार, असार १०, २०८३

चुमनुब्रीको पंगजी गुम्बामा आगलागीबाट करोडौँको क्षती (फोटो फिचर)

गोरखाको चुमनुब्री गाउँपालिका २ को हिनाङमा रहेको पुंगजी गुम्बामा आगलागी हुँदा करोडौँको क्षती भएको छ ।

सोमवार सोलार सट् भएर त्यहाँ आगलागी भएको हो । आगलागीपछि गण्डकी प्रदेश सांसद नन्दप्रसाद न्यौपाने, प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, प्रहरी प्रमुख एसपी केदार खनाल सहितको टोली बुधवार बिहान घटनास्थल पुगेर फर्किएका छन् ।

सांसद न्यौपानेले स्थानीयको आस्थाको धरोहर गुम्बामा आगलागीबाट ठुलो क्षती भएकाले गुम्बा निर्माणमा आफुले प्रदेश र संघ सरकारसँग पहल गर्ने बताए ।

तस्विरहरु : शिवहरि तिमल्सिना

प्रतिक्रिया दिनुहोस्