
जाडोमा कपडा वैँक कार्यक्रम अति प्रभावकारी
साधारण खर्च गर्न पनि नसक्ने कैयौँहरु मनले स्वीकार गर्नै नसक्ने सर्तहरुसित पनि सम्झौता गर्न बाध्य हुन्छन् । जाडो खप्न नसकी कैयौँ विपन्न(पैसा नभएका) बर्गका असहायहरु घाटहरुमा मृतकका कपडा माग्न गएका दृश्य पनि आक्कलझुक्कल देखिन्छन् । मृतकका दर्जनका दर्जन कपडा उठाई कैयौँ विपन्न(पैसा नभएका) असहायहरुलाई बाँडेको दृश्य पनि देखिन्छन् । कैयौँ मृतकका कपडा घाटबाट उठाई सेल–सस्तो बजार)मा राखेर बेचेको पनि भेटिन्छन् ।
यी सबै दृश्य गरिबी(पैसा नभएका)का हुन् ।
कैयौँले कपडा किनेर एकपटक पनि प्रयोग नगरी फ्याक्ने तर्खर गरेको पनि देखिन्छ । कतिपयले साइज, बुट्टा, रंग, ढंग, फेसन नमिलेर थन्क्याएको पनि पाइन्छ । कतिपयले एकफेर लगाएर धुनेभन्दा मिल्काउने गरेको पनि भेटिन्छ । त्यस्ता कपडालाई जतन, इज्जतसाथ धोइपखाली कपडा वैँक अवधारणा अनुसार संकलन गरी विपन्न(पैसा नभएका)हरुलाइई वितरण गर्ने गरेको पाइन्छ ।
दुखी, गरिब(पैसा नभएका)हरुलाई धेरथोर भए पनि राहत पुगोस् भन्ने हेतुले कतिपय सामाजिक संघसंस्था तथा परोपकारी चेत भएका व्यक्तिहरुले पनि अग्रसरता लिई कपडा संकलन गरी वितरण गरेको पाइन्छ । गोरखामा पनि केही बर्षअघिदेखि कपडा वैँक अभियान सुरु भएको छ ।
लियो क्लव अफ गोरखाको आयोजनामा गोरखा नगरपालिका वडा नं १० स्थित छेवेटारमा दोस्रो चरणको कपडा बैंक कार्यक्रम सञ्चालन गरेको छ । क्लवले शनिबार कपडा वैँक कार्यक्रम सञ्चालन गरेको हो । चिसोबाट आफू पनि बाचौँ र अरुलाई पनि बचाऔँ भन्ने मूख्य उद्देश्यका कार्यक्रम कपडा वैँक कार्यक्रम सञ्चालन गरेको हो । जाडोको समयमा आर्थिक अवस्था कमजोर भएका कारण कपडा किन्न नसकेकाहरुकालागि कपडा वितरण गरिएको हो । करिब ५० जनाभन्दा धेरैलाई कपडा वितरण गरिएको हो ।
विशुद्ध परोपकारी यस्ता कार्यक्रम बेलाबेला अझै पनि सञ्चालन गरिरहनुपर्छ ।




