
शहिदलखनमा सुत्केरी भेटघाट कार्यक्रम सुरु
शहिद लखन ७ मा गर्भवती तथा सुत्केरी भेटघाट कार्यक्रम सुरु भएको छ । पालिका भित्रका प्रत्येक सुत्केरी महिलाको घरमै पुगेर आमा र बच्चाको स्वास्थ्य अवस्था बुझने कार्यक्रम सुरु गरिएको हो ।
गत शुक्रबार पालिकाको वडा ७ स्थितमा बुङकोटमा गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरदैलोमै पुगेर पोषिलो आहार वितरण गरिएको थियो । वडा अध्यक्ष शरण श्रेष्ठ र वडाका स्वास्थ्यकर्मीहरु गर्भवती तथा सुत्केरी महिलाहरुलाई घरदैलोमै पुगी पोषिलो आहार वितरण गरेका हुन् ।
जनप्रतिनिधी तथा स्वास्थ्यक्रमी लगाईतको टोली गई बुंकोट स्वास्थ्य चौकीमा र घर घरमा सुत्केरी महिलाहरुलाईसाग, आयोडिन नुन, नङकट, टुथपेष्ट, ब्रस, साबुन, तेल चना र अण्डा कोसेली स्वरुप वितरण गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । शुक्रबार दुईजनालाई घरदैलोमा पुगी वितरण गरिएको उनले बताए ।
प्रत्येक सुत्केरीलाई करिब आठ सय बराबरको पोष्टिक आहार र सरसफाईका लागि आवश्यक सामग्री कोशेली स्वरुप लिएर घरदैलामा पुग्ने गरेको स्वास्थ्य शाखाका संयोजक विरेन्द्र श्रेष्ठले बताए । उनका अनुसार पालिकामा साउन यता सुत्केरी भएका ५२ महिला छन् । स्वास्थ्यकर्मी र स्वास्थ्यस्वसेविको टोली सबैकोमा पुग्ने गाउँपालिकाले योजना बनाएको छ । सो अवसरमा पालिकाका स्वास्थ्यकर्मी पौष्टिक आहारा, सरसफार्ई साथै नियमित बच्चाको तौल लिन सुझाव दिने गरेको उनले बताए ।




