
गोरखाका सिडिओ र सहायक सिडिओ दुबैको सरुवा
गोरखाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारी दुबैको सरुवा भएको छ ।
प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यको कपिलबस्तु सुरुवा भएको छ भने सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको पर्वत सरुवा भएको छ । दुबै जना प्रमुख जिल्ला अधिकारीको भुमिकामा सरुवा भएका छन् ।
गोरखामा लालबाबु कवारी प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । उनी यस अघि सिराहाका प्रमुख जिल्ला अधिकारी थिए ।
यस्तै पुष्कर राना सहायक प्रमुख जिल्ला अधिकारीको रुपमा आउने भएका छन् । उनी इलाका प्रशासन कार्यालय रुपन्देहीबाट गोरखा सरुवा भएका हुन् ।




