
चुम्चेतका एक सय २१ जनालाई खाद्यान्न तथा सिरक वितरण
गोरखाको चुमनुब्री गाउँपालिका वडा नं ६ स्थित चुम्तेतका स्थानीयहरुलाई खाद्यान्न तथा सिरक वितरण गरिएको छ ।
वडा भित्रका एकल महिला, जेष्ठ नागरिक, अपाङता र विपन्न परिवारलाई खाद्यान्न तथा सिरक वितरण गरिएको वडा अध्यक्ष सरोज लामाले बताए ।
स्थानीय पेमा नुर्बु लामाको आर्थिक सहयोगमा एक सय २१ जनालाई खाद्यान्न र सिरक वितरण गरिएको उनले बताए । उनका अनुसार उनीहरुलाई चामल, तेल, नुन, मैदा, सिरक र मोजा वितरण गरिएको हो ।

एक जनालाई करिब १५ हजार बराबरको खाद्यान्न तथा सिरक वितरण गरिएको अध्यक्ष लामाले जानकारी दिए ।
काठमाडौमा बसेर विभिन्न व्यवसायी गर्दै आएका लामाले तीन वर्ष देखि सहयोग गर्दै आएको उनले बताए ।




