| आइतवार, कार्तिक २२, २०८३

गोरु निकासी रोक्दै गोरखा प्रहरी

गोरखाको सिरानचोक गाउँपालिका ६ नयाँ साँघुबाट प्रहरीले छ वटा गोरु नियन्त्रणमा लिएको छ । गोरखाको गाउँगाउँबाट गोरु निकासी गरी हेटौँडा लैजाने र मासुको रुपमा प्रयोग गर्ने गरेको गुनासोपछि प्रहरीले गोरु निकासीमा रोक लगाएको हो ।


‘केहीदिनदेखि नयाँ साँघुमा छ वटा गोरु हामीले निकासी गर्न लाग्दा रोकेका छौँ’ जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख एसपी केदार खनालले भने ‘जोत्न लैजाने भन्दै बुढो गोरु अन्य प्रयोजनकालागि झुटो बिवरण बनाएर लैजाने गरेको भेटियो ।’ अन्यत्रपनि गोरु संकलन भएको सुचना आईरहेको र प्रहरीले निकासी गर्न रोक लगाउने एसपी खनालले बताए ।


मान्यता प्राप्त पशु चिकित्सकबाट निरोगी प्रमाणित गराएर मापदण्ड पुरा गर्न फार्मले मात्र पशुपंक्षी निकासा गर्न पाउने प्रावधान छ । गोरखामा पशु चिकित्सकहरुले गोरु नहेरी कागजमा मात्र सिफारिस गर्ने गर्दै आएका छन् । प्रहरीले गोरु निकासीमा कडाई गरेपछि अहिले भने पशु चिकित्सकले निरोगीताको प्रमाण पत्र दिएका छैनन् ।


संकलन भएको गोरु किसानलाई नै फिर्ता गर्ने गरी स्थानीय सरकारको जिम्मा लगाउने तयारीमा प्रहरी छ । गोरखाको गाउँगाउँमा गोरु संकलन गर्ने गिरोह नै छ । गोरु संकलन गरेर हेटौँडा लैजाने र त्यहाँबाट मासुको प्रयोजनकालागि बंगलादेश पठाउने संकलनकर्ताहरु बताउँछन् । तर खेत जोत्ने बाहनामा एकजिल्लाबाट अर्कोमा गोरु निकासी हुँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्