
केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाका तुलसीराज धिताल
केन्द्रिय कफी सहकारी संघको अध्यक्षमा गोरखाको अजिरकोट गाउँपालिकाका तुलसीराज धिताल चयन भएका छन् । शनिवार तनहुँको आँबुखैरेनीमा भएको १६ औँ साधारण सभा एवं छैठौँ अधिवेशनले धिताल अध्यक्षमा सर्वसम्मत चयन भएका हुन् ।
अध्यक्ष धितालले कफी किसानको हक हित र उत्पादनमा मद्धत पुग्ने गरी काम गर्ने बताएका छन् । साथै उनले कफी खेती बिस्तारलाईपनि प्राथमिकतामा राखेको बताए ।
यस्तै वरिष्ठ उपाध्यक्ष सागर ढकाल, उपाध्यक्ष गंगा अधिकारी, उपाध्यक्ष वाशुदेव मिश्र महासचिव मन्दु थापा, सचिव भोजराज प्रधान, कोषाध्यक्ष, रामजी भट्टराइ, समिति सदस्यहरुमा हर्कमान श्रेष्ठ, डिल्लीराम रेग्मी, हुतराम लामीछाने, उद्धव आचार्य लगायत ८ जना रहेका छन् ।
लेखा समिति संयोजकमा विश्व अधिकारी, सदस्य निर्मला थापा र शिवहरी पाण्डे चयन भएका छन् । निर्वतमान अध्यक्ष योगेश पोख्रेलको अध्यक्षतामा र राष्टूय चिया तथा कफी विकास वोर्डका कृषि अधिकृत चन्द्र पुरीको प्रमुख आथित्यतामा कार्यक्रम भएको थियो ।




