| मङ्लबार, कार्तिक २४, २०८३

गोरखा अस्पतालमा हाडजोर्नीको शल्यक्रिया हुन थाल्यो

गोरखा अस्पतालमा हाडजोर्नीको शल्यक्रिया सेवा सुरु भएको छ । यसअघि हाडजोर्नीको शल्यक्रिया गराउन जिल्ला बाहिर जानुपर्ने बाध्यता अव हटेको अस्पतालले जनाएको छ ।

विगत दुई साता देखि हाडजोर्नीको अप्रशेसन सेवा संचालनमा ल्याएको अस्पताकाल सूचना अधिकारी कृष्ण ढकालले बताए । रुखबाट लडेका तथा सडक दुर्घटनामा परी हाडजोर्नीको शल्यक्रिया गर्नुपर्नेहरुलाई सहज उपचार सेवा दिन सकिने उनले बताए । अहिले सामान्य खालका हाडजोर्नीमा देखिएका समस्याको उपचार भइरहेको छ ।

जटिल खालका हाडजोर्नी समस्याको उपचार भने एक महिना पछि सुरुहुने उनले बताए । यसकालागि आवस्यक मेशिन भन्सारमा रोखिएका कारण जटिल अप्रेशन गर्न समस्या भएको हो ।

अस्पतालका अनुसार स्टिलहरु राखेर गनुपर्ने अप्रेशन पनि गोरखा अस्पतालमै हुनेछ । सेवा बिस्तारको क्रममा अस्पतालले हाडजोर्नीको शल्यक्रिया सेवा संचालनमा ल्याएको सूचना अधिकारीले ढकालले जानकारी दिए ।

अस्पतालमा हाडजोर्नी तथा नशारोग विशेषज्ञहरु डा.सिद्दार्थ खनाल र डा.सन्देश श्रेष्ठले शल्यक्रिया गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्