| सोमवार, कार्तिक २३, २०८३

जसपाको छानवीन समितिले थाल्यो काम, निर्वाचनमा अन्तर्घात गर्नेलाई कारवाही हुने

जनता समाजवादी पार्टी (जसपा) नेपालको राजनीतिक समितिको बैठकद्वारा गठीत छानवीन समितिले आफ्नो कामथालेको छ ।
२०७९ मंसिर ४ गते सम्पन्नभएको आम निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारहरुको विरुद्ध उम्मेदवारी दिने, पार्टीभित्र अन्तर्घात गर्ने, निष्कृय रहने, असहयोग गर्ने, पार्टी विरुद्ध गतिविधि गर्ने संघीय परिषद् सदस्य तथा केन्द्रीय समितिका सदस्यहरुमाथि छानवीन हुने भएको छ ।

त्यसका लागि पार्टीको प्रदेश समिति, पहिचानमाआधारित राष्ट्रिय समिति र स्थानीय समितिहरु सँगउपलब्धसबुत प्रमाणहरु, चिठी पत्र, भ्वाइस रेकर्ड र सामाजिक सञ्जालमाप्रयोग गरिएका प्रमाण लगायतप्रचार प्रसार सामाग्रीउपलब्ध गराउन छानवीन समितिले माग गरेको छ ।

छानवीन समितिले आफ्नो कार्य सम्पन्न गर्नका लागि माघ मसान्त सम्मको समय सीमा पाएको छ ।

प्रतिक्रिया दिनुहोस्