| आइतवार, कार्तिक २२, २०८३

नहरबाट पालुङटार सिंचाईको योजना हट्यो : डेढ अर्व लागतमा ३५ ठाउँबाट लिफ्ट गर्ने तयारी

पालुङटार नगरपालिकाभित्र रहेको करिब १८ सय हेक्टर जमिनमा सिंचाई सुविधा पु¥याउने गरी ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढेको छ । यसअघिको एउटै नहरबाट ठूलो परिमाणको जमिन सिँचाइ गर्ने मोडालिटी परिवर्तन गरी छुट्टाछुट्टै ३५ ठाउँबाट पानी लिफ्ट गर्ने योजना अघि बढ्ने भएको हो ।

पालुङटारमा सिंचाई सुविधा पु¥याउने गरी सरकारले २०७५ साल मंसिर १६ गते गोरखामा कार्यालय स्थापना गरेर काम थालेको थियो ।

कार्यालयले चेपेदेखि पालुङटार सिंचाई गर्न करिब ५० किलोमिटरको नहर आवस्यक पर्ने प्रतिवेदन तयार ग¥यो । चेपेदेखि ५० किलोमिटर नहर बनाउन वर्षौँ समय लाग्ने, धेरै लामो नहर हुँदा पानी चुहावट हुन सक्ने भन्दै २०७७ मा १५ किलोमिटर घटाएर नहर ३५ किलोमिटरमा झारियो ।

त्यसयता पनि सिंचाई आयोजनाको काम अघि बढ्न सकेन । ३५ किलोमिटर नहर लामो हुने हुँदा निर्माण सम्पन्न गर्न धेरै खर्च लाग्ने, किसानले प्रतिफल तत्काल पाउन नसक्ने र काम गर्न समस्या हुने भन्दै कार्यालयले उक्त योजना पनि परिर्वतन गरेको छ ।

‘नहरबाट पानी पुग्ने सबै ठाउँमा पानी पु¥याउन ३५ ठाउँमा लिफ्ट सिंचाई गर्ने गरी योजना प्रस्ताब गरेका छौँ’ पालुङटार कुन्दुरटार सिंचाई आयोजनाका प्रमुख दिनेश आचार्यले भने । कार्यालयले यो प्रस्ताव जलस्रोत तथा सिंचाई बिभागमा पेश गरिसकेको छ । ‘यो स्वीकृतिको चरणमा छ’, उनले भने, ‘अध्ययनकालागि विज्ञ समुह विभागबाट गठन भएको छ । उहाँहरु आएर स्थलतग अध्ययन गरेपछि प्रक्रिया अघि बढ्छ ।’

३५ किलोमिटर नहर भन्दा लिफ्ट सिंचाई निकै प्रभावकारी हुने उनले दावी गरे । १८ सय हेक्टर जमिन सिंचाई गर्न मस्र्याङ्दीको करिब २५ ठाउँबाट लिफ्ट गरिनेछ । बाँकी १० वटा भने ठुला फाँट वरपर रहेको खोलाखोल्सी र खोला नभएको ठाउँमा बोरिङसम्मको योजना रहेको उनले बताए । ‘लिफ्टकालागि करिब डेढ अर्ब रुपैयाँ अनुमान गरेका छौँ’, उनले भने, ‘समयमै निर्माण सुरु गरिएन भने लागत थपिनेछ ।’

नहर निर्माण गर्दा यो भन्दा धेरै लागत लाग्छ । निर्माण सम्पन्न गर्न समय लाग्ने, मर्मत खर्चिलो हुने, एक ठाउँमा नहर भत्किँदा सबै बन्द हुने, पानीको चुहावट हुँदा पर्याप्त पानी नपुग्ने समस्या हुने हुँदा लिफ्ट प्रभावकारी हुने प्राविधिकहरु बताउँछन् । लिफ्ट गर्दा छिटो निर्माण सकिनेछ ।

एउटा लिफ्ट सकेपछि तत्काल किसानले सिंचाई सुविधा पाउनेछन् । एक वर्षमा पाँचवटा निर्माण भयो भने त्यो तत्काल सञ्चालन गर्न सकिने कार्यालय प्रमुख आचार्यले बताए । ‘एउटा योजना पुरा भयो भने त्यहाँबाट निरन्तर सिंचाई सञ्चालन गरेर किसानले लाभ लिन सक्छन्’, उनले भने ‘जब कि, एउटा मात्र आयोजना भयो र त्यसमा खराबी आयो भने सबै किसानहरु त्यसबाट पीडित हुन्छन् । चारवर्षदेखि रोकिएको आयोजनाले गति लिन्छ, पानीको स्रोत पनि सहज रुपमा जुटाउन सकिन्छ ।’ विद्युतीय लिफ्टबाट सिंचाई गर्ने प्रस्ताव गरिएको छ ।

‘सिंचाईमा विद्युत महशुस छुट दिने सरकारको योजना छ, यसले किसानलाई पनि फाईदा पुग्छ’ आचार्यले भने । लिफ्ट योजना बने पछि उपभोक्तालाई हस्तान्तरण गरिनेछ । हस्तान्तरण भएको योजना उपभोक्ताको स्वामित्वमा भएपछि रेखदेखगर्ने र संरक्षणमा पनि चासो हुन्छ ।

एउटै नहर हुँदा उपभोक्ता धेरै हुने र रेखदेख तथा व्यवस्थापनमा पनि समस्या हुन सक्ने पालुङटार कुन्दुरटार आयोजनाका प्रमुख आचार्यले बताउँछन् । पालुङटार नगरपालिकाका उपप्रमुख बन्दना पाण्डेले सिंचाई आयोजना लामो समयदेखि रोकिँदा किसानलाई समस्या भएको बताईन् ।

‘आयोजना तत्काल बन्नुपर्छ, यहाँका किसान लाभान्वित हुनुपर्छ भनेर हामीले ताकेता गरिरहेका छौँ, तर लिफ्ट वा नहर कसरी गर्ने भन्ने प्राविधिक पाटो हो । छिटो र सहज हुनुपर्छ भनेका छौँ ।’ मोडालिटीको बारेमा आयोजनाले जानकारी गराउन बाँकी रहेको उनले बताईन् । बिभागबाट स्वीकृत भएलगत्तै चालुवर्षदेखि नै काम थाल्ने योजनासहित प्रस्ताव गरिएको आयोजना कार्यालयले जनाएको छ

प्रतिक्रिया दिनुहोस्