| आइतवार, कार्तिक २२, २०८३

गोरखामा लघुवित्तका कर्मचारीद्वारा ग्राहकमाथि कुटपिट भएको भन्दै नेकपा(बहुमत)को आपत्ति

एनआईसी एशिया लघुवित्त वितीय संस्थाका कर्मचारीले ऋणीमाथि हातपात भएको भन्दै नेकपा(बहुमत)ले आपत्ति जनाएको छ ।

संस्थाका कर्मचारी जगत गुरुङद्वारा गण्डकी ६ लुप्राङकी ४८ बर्षीया डल्लीमाया चेपाङमाथि हातपात भएको भन्दै सो पार्टीले विरोध गरेको हो ।

पार्टीका जिल्ला इञ्चार्ज कमल खड्का र जिल्ला संयोजक नवराज ढकालद्वारा जारी विज्ञप्तिमा कर्मचारीद्वारा ऋणीमाथि आक्रमण भएकोप्रति भत्र्सना गरिएको छ ।

पुनः यस्ता घटना दोहोरिएमा जनप्रतिरोध हुने र त्यसको जवाफदेही सम्बन्धित निकायले लिनुपर्ने सो विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्