
गोरखामा बेहोश हुने समस्याले विद्यार्थी तनाबमा
दरौंदी ः भिमसेन थापा गाउँपालिका ८ जागेश्वर माविका छात्राहरु बेहोश हुने समस्याले ग्रस्त छन् । विगत १५ दिन एक्कासी बेहोस हुन थालेका वडा अध्यक्ष बासु थापाले बताए । ‘छात्राहरु केही दिन देखि छात्राहरु एक्कासी बेहोस भएर ढल्ने, चिच्याउँदै सास फेर्न गाह्रो भयो भन्ने गर्छन’ विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष समेत रहेका वडा अध्यक्ष थापाले भने ‘१५ दिन जति भयो एक जना विद्यार्थी ढलेपछि अर्काे पनि ढलिहाल्ने भएको छ ।
पाँच जनाचाहीँ पटक पटक बेहोस हुने ढल्ने गरेका छन् ।’ विद्यालयले विभिन्न मनोपरामर्श दाता, चिकित्सकहरु ल्याएर समस्या समाधान गर्ने प्रयास गरेको उनले बताए । नजिक स्वास्थ्य संस्था नभएकोले उपचारको लागि लैजान समेत समस्या भएको विद्यालयले जनाएको छ ।




