
पेशागत बचत तथा ऋण सहकारीको एघारौँ साधारण सभा
नेपाल ट्रेड युनियन कांग्रेससितआवद्ध पेशागत वचत तथा ऋण सहकारी संस्थाको एघारौँ साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मञ्जु अर्यालको अध्यक्षता र नेपाली कांग्रेसका सचिव कृष्ण आलेको प्रमुख आतिथ्यतामा साधारण सभा सम्पन्न भएको हो ।
कार्यक्रममा प्रमुख अतिथि आले, अध्यक्ष अर्याल, विशेष अतिथि कांग्रेसका सहसचिव लुमनाथ लामिछाने, गोरखा नगरपालिकाकी उपमेयर मसली माया थोकर, संस्थाका उपाध्यक्ष रमेश पोखरेल, शिक्षक संघका सचिव लक्ष्मणबाबु आचार्य, संस्थाका सल्लाहकार रामचन्द्र दुवाडीलगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
कार्यक्रममा संस्थाका सचिव नवराजभक्त उपाध्यायले तयार गरेको सचिवको प्रतिवेदन, कोषाध्यक्ष नन्दलाल रेग्मीले तयार गरेको आर्थिक प्रतिवेदन, ऋण समितिका संयोजक नन्दकुमार श्रेष्ठले तयार गरेको प्रतिवेदन पारित गरेको उपाध्यक्ष रमेश पोखरेलले जानकारी दिए । संस्थामा अहिले ३५४ जना आवद्ध छन् ।




