| मङ्लबार, कार्तिक २४, २०८३

मानवसेवा आश्रमद्वारा बोर्लाङबाट आठ बर्षको बच्चा उद्धार

मानव सेवा आश्रमले भीमसेनथापा गाउँपालिका ७ बोर्लाङबाट आठ बर्षका एक बालक उद्धार गरेको छ । बोर्लाङको ठाँटीबजारस्थित भीमसेन मन्दिरमा बस्दै आएका कृष्ण सुनारको उद्धार गरिएको आश्रमका आत्माराम श्रेष्ठले जानकारी दिए ।
गाउँपालिकाका अध्यक्ष लोकप्रसाद बञ्जरा, वडा नं. ७ का वडाअध्यक्ष नारायण श्रेष्ठ र वडा नं. ८ का वडाअध्यक्ष विष्णु श्रेष्ठको रोहोबरमा सुनारलाई आश्रममा ल्याइएको श्रेष्ठले जानकारी दिए ।

सुनार दुईबर्षको हुँदादेखि बुबा विदेश गएर बेखबर भएका र आमा अन्यत्र बिबाह गरेर गएपछि उनी बेसहारा भएका थिए ।
योसंगै मानव सेवा आश्रममा भीमसेनथापा गाउँपालिकाबाट मात्र छ जना असहाय बालबालिकाको उद्धार गरिएको आश्रमले जनाएको छ ।

आश्रम सञ्चालनका लागि गोरखा नगरपालिका, सहिद लखन गाउँपालिका र सिरानचोक गाउँपालिकाले नियमित सहयोग गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्