| आइतवार, कार्तिक २२, २०८३

सन्दर्भ : ११ औं गोरखा महोत्सव ‘यस महोत्सवमा केही नयाँपन दिने प्रयास गरेका छौँ’

आउदो पुस २७ गतेबाट सदरमुकाममा ११ औँ गोरखा महोत्सव हुदै छ । यस महोत्सवको औचित्य, महत्व तथा तयारीका विषयमा गोरखा उद्योग वाणिज्य सघका अध्यक्ष कृष्णकुमार श्रेष्ठसँग दरौदीकर्मी केशव गुरुङले गरेको कुराकानीको संम्पादित अंश :

१) गोरखा उद्योग बाणिज्य संघले गोरखा महोत्सव किन गर्न लागेको हो ?

नेपाल सरकारले बाहय पर्यटकलाई नेपाल भित्र्याउनका लागि ‘भिजिट नेपाल १९९८’ मा भ्रमणवर्ष मनाउन सुरु ग¥यो । त्यही क्रममा गोरखा उद्योग वाणिज्य संघले पहिलो पटक २०५४ पुस २७ गतेबाट गोरखा महोत्सव आयोजना गर्न सुरु गरेको हो ।
जिल्लाको ऐतिहासिक, धार्मिक, प्राकृतिक पक्षहरुको व्यापक प्रचारप्रसार गरी यहाँका उत्पादनहरुलाई स्टलमार्फत प्रदर्शन र प्रचारप्रसार गर्न तथा यहाँका व्यवसायीहरुको व्यापार व्यवसाय प्रवद्र्धन गर्नका लागि त्यही बेलादेखि गोरखा महोत्सवलाई निरन्तरता दिन थालेका हौँ । विभिन्न व्यापारिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी, जडीबुटी र जडीबुटीबाट उत्पादन भएका औषधीहरु, विविध प्रकारका फलफुलहरु सुन्तला, तरकारी, पुष्पलगायत नर्सरीबाट उत्पादित बेर्नाहरुको प्रदर्शनी गर्न महोत्सव सफल भयो । त्यतिमात्र होइन, विभिन्न जातजातिको मौलिक खानपान, भेषभुषा, लोक सँस्कृतिको प्रदर्शन, बालबालिकाहरुमा अन्तरनिहित विशेष क्षमता प्रदर्शनी, बालमनोरज्न लगायतका सम्पूर्ण कुराहरु एकै स्थानबाट प्रस्तुत गर्न गोरखा महोत्सव सफल भयो । त्यसैले उत्साहित भएर गोरखा उद्योग वाणिज्य संघले गोरखा महोत्सवलाई निरन्तरता दिँदै आजको अबस्थासम्म आएको हो ।

२) बिगतका महोत्सवमाभन्दा यसवर्ष नयाँ के छ ?

यो वर्षमा हामीले विगतमाभन्दा पनि मुख्य कुरा हाम्रो साँस्कृतिक झलकहरु, विभिन्न जाति, जनजातिहरुको साँस्कृतिक झलकहरु यहाँ प्रदर्शन गर्ने छौँ । कतिपय साँस्कृतिक पक्षहरु लोप हुन लागिरहेका छन् । तिनलाई उजागर र प्रचारप्रसार गर्नेछौँ । त्यस्तै हरेक जातजातिले एक ठाउँमा आएर आ(आफ्नो भेषभुषा, त्यसको रहनसहन, खानपान लागतयका जिल्लामा भएको उत्पादनलाई महोत्सवमा प्रदर्शनी स्थलबाट हामीले देखाउने छौँ ।

गुन्द्री, सुकुललगायत परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरुको एउटा छुट्टै स्टल राखिन्छ । त्यस्तै गरेर कृषि प्रदर्शनी हुन्छ, हस्तकला प्रदर्शनी हुन्छ, महिला उद्यमीबाट उत्पादित सामानहरुको प्रदर्शनी हुन्छ । त्यसैगरी महोत्सवमा गण्डकी प्रदेशस्तरीय व्याटमिन्टन प्रतियोगिता पनि राखेका छौ ।

त्यस्तै गरेर एकल, युगल तथा सामुहिक नृत्य प्रतियोगिता हामीले गर्न लागिरहेका छौँ । यसबाट मलाई के लाग्छ भने, यो कार्यक्रम गरिरहँदा एउटा नयाँपन र यो गोरखा चिनाउने, यहाँको संस्कृति झल्काउने र यहाँको खानपानदेखि हरेक किसिमको उत्पादन प्रदर्शनका लागि कोशिष गरिरहेका छौँ । ११ वटै पालिकाका मौलिक उत्पादन, मौलिक संस्कृति, भेषभुषा प्रदर्शनीका लागि हामीले पत्राचार गरिसकेका छौँ ।

३) अहिले त जस्तासुकै संघसंस्था, क्लव, समूहहरुले मेला महोत्सव गर्ने, आयोजकले मुनाफा कमाउने, यहाँको पैसा बाहिर पठाउने प्रपञ्च निकै चलेको छ । गोरखा महोत्सवबाटचाहिँ यहाँका ब्यापारी ब्यवशायीले के कस्तो फाईदा लाभ पाउँछन् ?

हामीले यो भन्दा दशौँ गोरखा महोत्सव गर्दा पनि केही व्यवसायीहरुले हामीलाई यो प्रश्न सोधेका थिए ।
यही कुरालाई मध्यनजर गरेर हामीले यो पटक स्टर भाडामा दिँदा स्थानीयलाई नै प्राथमिकता दिएका छौँ । बाहिरका व्यापारीलाई स्टल भाडामा नदिने वा कम दिने, बाहिरका सामान ल्याउनलाई निरुत्साहित गर्ने, बाल उद्यानहरुलाई कम प्राथमिकता दिने आदि गरेर जिल्लाबासीको पैसा बाहिर जानबाट रोक्ने प्रयास गरेका छौँ । विशेष गरेर कपडा तथा फेन्सी व्यवसायीहरुले अनुरोध गरेबमोजिम फेन्सी आइटम महोत्सव स्टलमा नराख्ने निर्णय गरेका छौँ । कमसेकम महोत्सवस्थल भित्रचाहिँ कृषि उत्पादन, स्थानीय औद्योगिक उत्पादनहरु र हस्तकलाका उत्पादनहरु राखिन्छ । बाल उद्यान, गीत, संगीत, नृत्यका कार्यक्रमहरु हेर्छन् । यसबाट जिल्लाको पैसा बाहिरिने चान्स कम हुन्छ भन्ने भन्ने हाम्रो विश्वास छ ।

४) बिगतका मेला, महोत्सवहरुमा बाल उद्यान र कलाकारमा धेरै खर्च हुने परम्परा छ । यो खर्चलाई कटौती गर्न सकिँदैन ?
त्यहि कारणले गर्दाखेरि हामीले बाल उद्यान र त्यसका लागि खर्च कटौतिकै हिसाबमा यो कुरा चाहि प्रस्टै राखेका छौँ । बाल उद्यान सञ्चालकबाट शुल्क नलिने बरु त्यसबापत बाल उद्यान सञ्चालकले नै गेटहरु, स्टलहरु बनाइदिने, साउण्ड सिस्टम, विद्युत महशुलबापतको शुल्क पनि तिरिदिने गरी सम्झौता गरेका छौँ । त्यसैले यो पटक स्टल, गेट, साउण्डसिस्टम, मञ्च आदि निर्माण र विद्युत महशुलमा खर्च हुदैन ।

५) ब्यापार ब्यवशायको प्रवद्र्धनमा भन्दा पनि रामरमितामा महोत्सव केन्द्रित हुने गर्छ भन्ने आरोप छ यस वर्षको महोत्सवबाट संघको अपेक्षा कस्तो छ ?

जिल्लाको उद्योग, व्यवसायबाट उत्पादन भएका सामग्रीको प्रदर्शनी, ऐतिहासिक, धार्मिक, पुरातात्विक सम्पदाको फोटो प्रदर्शनी र वृत्तचित्र प्रदर्शनी गरेर महोत्सव स्थलबाट जिल्ला चिनाउने र जिल्ला झल्काउने उद्देश्य प्राप्तिका लागि हामीहरु क्रियाशील छौँ । मलाई जहाँसम्म लाग्छ अव त्यो कलाकारको प्रस्तुती र बाल उद्यान भनेको मेला भर्न आउनेहरुलाई भित्र्याउने एउटा माध्यम मात्र हो ।

राष्ट्रिय तथा स्थानीय कलाकारको कला प्रस्तुतीलाई त्यति धेरै नकारात्मक रुपमा बुझ्नु हुदैन किनभने उनीहरु भनेका पनि हाम्रै देशका प्रतिभा हुन् । उनीहरुको कलालाई व्यवसायिकता दिएर प्रवद्र्धन गर्नु पनि हाम्रै दायित्व हो । त्यस शीर्षकमा केही खर्च हुन्छ नै यसलाई अवसरकै रुपमा लिन सकिन्छ ।

६) महोत्सव जताततै भएका छन् । यो बेला गोरखामा भएको महोत्सव हेर्न अन्यत्रका मानिस किन आउने ?

मुख्य कुरा भनेको नै हामीले सुरु मै भनेका छौँ नि, हाम्रो उद्देश्य भनेको नै हाम्रो जिल्ला चिनाउने हो । हाम्रो जिल्लाका विविध पक्षको अध्ययन गर्न चाहनेलाई एउटै थलोबाट धेरै कुराको प्रदर्शनी गरेर जिल्लाको पहिचान गराउने हाम्रो लक्ष्य हो । हामी पनि विभिन्न जिल्लाको पहिचान खोज्दै त्यहाँ हुने मेला महोत्सव अवलोकन गर्न लेखनाथ, धादिङलगायत धेरै ठाउँ पुग्थ्यौँ ।

त्यहाँ किन जान्थ्यौ भने त्यहाँको उत्पादन के छ, त्यसको कसरी प्रदर्शन गर्छन र कुन तरिकाले मौलिकतालाई प्रवद्र्धन गरिरहेका छन् भनेर बुझ्न जान्थ्यौँ । हामी त्यो उद्देश्यले जान्थ्यौँ भने अरुहरुको पनि उद्देश्य फरकफरक हुन्छन् । त्यसैले मेला महोत्सवमा स्थानीय खाना, स्थानीय उत्पादन, स्थानीय कला, संस्कृति प्रदर्शन गरेपछि मान्छेहरुले फरक ठाउँको फरक स्वाद पाउँदा रहेछन् । त्यसले मान्छेहरुलाई आकर्षण गर्दोरहेछ जस्तो हामीलाई लागिरहेको छ ।

जस्तो कि, धार्चेमा किवी खेती हुन्छ । त्यसलाई यहाँसम्म ल्याइपु¥याउन गाउँपालिका प्रमुखसँग समन्वय गरेका छौँ । दुर्गममा भए पनि सकेसम्म ल्याउने भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको छ । त्यस्तै विभिन्न ठाउँमा व्यवसायिक उत्पादन हुने अलैची, अदुवा, अकबरे खुर्सानीलाई पनि हामीले यो ठाउँमा ल्याउन सक्दो प्रयास गरिरहेका छौँ । त्यो प्रदर्शन अवलोकन गर्न र खरिद गर्न ग्राहकहरु लालायित हुन्छन् भन्ने हाम्रो विश्वास छ ।

७) महोत्सव गर्न कति खर्च लाग्ने अनुमान गर्नुभएको छ र कसरी स्रोत जुटिरहेको छ ?

योचाहिँ अल्लि जटिल विषय छ । अहिले यो महोत्सव सञ्चालन गर्ने खर्च जुटाउनका लागि हामी लागि नै परिरहेका छौँ । यो अत्यन्तै गाह्रो विषय पनि रहेछ । बिगतमा पनि यो बिषय सहज थिएन तैपनि हामीले गुजारिरहेकै हो ।
महोत्सव सम्पन्न गर्नका लागि करिब ५१ लाख तीन हजार आठ सय रुपैयाँ खर्च हुने हामीले अनुमान गरेका छौँ । आम्दानीचाहिँ ५७ लाख ३९ हजार हुन्छ र यसबाट करिब पाँचलाख जति बचाउँछौँ भन्ने अपेक्षा छ । तथापि जुन किसिमले हाम्रो यो देशमा आर्थिक मन्दी भएको छ, र त्यसले त्यो लक्ष्यमा पुग्नका लागि बहुमत हम्मेहम्मे पर्ने देखेका छौँ । प्रयास भने गरिराखेकै छौँ ।

अहिले गोरखा बु्रअरी हाम्रो मुख्य प्रायोजक छ । मनकामना दर्शन प्रालि(केवलकार)बाट पनि हामीलाई सहयोग हुनेछ । ग्लोबल आइएमबी वैंक, राष्टिूय वाणिज्य वैँक, त्रिवेणी गु्रप, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष, उपाध्यक्षहरुको कम्पनीबाट पाउने जस्तो कुरा भइरहेको छ । एक्साइड ब्याटूी, सुर्य नेपाल प्रालि, कोसेली तेल, ग्लोबल एग्रो प्रोडक्स प्रालिले पनि हामीलाई सहयोग गर्छन् । त्यस्तै गोरखा नगरपालिका लगायतका ११ वटै पालिकाले पनि हामीलाई धेरथोर सहयोग गर्नुपर्छ भन्ने हाम्रो मान्यता छ ।

८) महोत्सवको तयारी के–के भइरहेको छ ? कति मानिसले अवलोकन गर्छन् भन्ने अपेक्षा छ ?

महोत्सव तयारीका लागि हामीले २३ वटा उपसमिति निर्माण गरेका छौं । त्यो उपसमितिको आ(आफनै काम गरिहेका छन् । कलाकारको करिब करिब टुङ्गो लगाइसकेका छौँ । स्टल बनाउनका लागि सामग्री झरिसकेको छ । र काम सुरु भइसकेको छ । पोलहरु गाड्न सुरु भइसकेको छ । बाल उद्यानका सामानहरु अब विस्तारै स्टल बनेसँगै बन्दै जान्छन् । स्टलमा विशेष गरेर हाम्रो ध्यान केन्द्रित छ । कृषि प्रदर्शनीका लागि कृषि ज्ञान केन्द्रलाई भनेका छौँ, त्यस्तै, कृषि प्रदर्शनी गर्ने किसानहरुलाई प्रदर्शनी प्रथम दोस्रो तेस्रो, सान्त्वना पुरस्कार सौजन्य गर्न कृषि ज्ञान केन्द्र, भेटेनरी तथा पशु विज्ञ केन्द्र र घरेल्ु उद्योग विकास समितिलाई अनुरोध गरेका छौँ । महिला उद्यमी, जिल्ला घरेलुबाट उत्पादन भएका चीजहरु छ भने त्यस्तै चीजलाई बरु एउटै स्टलबाट पनि गर्न सकिन्छ ।

हामीले १८ गते सम्म स्टल बुकिङ खुल्ला गरेका छाँै । यो व्यवसायहरुका लागि हो । विशेष गरेर स्थानीय स्तरको उत्पादनलाई विशेष प्राथमिकता भनेर भनेका छौँ । त्यसअनुसार अगाडि बढिरहेका छौँ । काम चाहि धेरै नै गर्दैछौं अव दुई हप्ता बाँकी छ । हामी निश्चित समयमा राम्रोसँग यसलाई अगाडि बढाउन सक्छौं र भव्य रुपले यो कार्यक्रमलाई सम्पन्न गर्न लागिरहेको छौँ ।

करिब ५० देखि ६० हजार सम्म दर्शकहरु आउलान् भन्ने हाम्रो अपेक्षा छ । तर अहिले आर्थिक मन्दीका कारण कमी हुन पनि सक्छ ।

९) ब्यापारी ब्यवशायी एवं जिल्लाबासीलाई तपाईको केही भन्नु छ ?

विशेष आफनो उत्पादनको प्रचारप्रासर र प्रवद्र्धनका लागि महोत्सव स्थलमा ल्याइदिनुस भन्न चाहान्छु । हाम्रा व्यवसायीहरुले कपडा तथा फेन्सीबाहेकका स्टलहरु त्यहाँ राख्न पाउने भनेका छौँ । जिल्लाबाहिरका भन्दा जिल्लाभित्रकै स्टलहरु आइदिन लागि अनुरोध गरेका छौँ । र म के अनुरोध गर्न चाहान्छु भने यो गोरखा महोत्सव भनेको हामीले पहिलादेखि सञ्चालन गर्दै आएको जिल्लाकै गौरवको बिषय हो । गोरखालीहरुको महोत्सव हो । त्यसैले ११ पालिकाका सबै जातजाति भेषभुषाको प्रतिनिधित्व हुने गरी उपस्थिति र अवालोकन गर्नका लागि हार्दिक अनुरोध गर्दै हामी आयोजकलाई रचनात्मक सुझाव दिनका लागि पनि अनुरोध गर्छु ।

प्रतिक्रिया दिनुहोस्