
गोरखामा २ जना फरार अभियुक्त पक्राउ
लामो समय देखि फरार रहेका गोरखाका दुईजना अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
गोरखा जिल्ला अदालतबाट कैद र जरिवाना फैसला कार्यान्वन गर्ने सिलसिलामा फरार रहेका दुईजना अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएकोछ ।
पक्राउ पर्नेहरुमा पालुङटार नगरपालिका वडा नं ३ का ३० वर्षीय सुदीप परियार र पालुङटार नगरपालिका वडा नं ९ का २९ वर्षीय नितेश परियारलाई बुधबार पक्राउ गरिएको डिएसी लिलाराज लामिछानेले बताए ।
सुदिप परियारलाई कुटपिट अंगभंग मुद्दामा २ महिना ३ दिनको कैद तोकिएको थियो भने नितेश परियारलाई सवारी ज्यान मुद्दामा २ महिना १३ दिनको कैद सजायँ तोकिएर फरार रहेको उनले जानकारी दिए ।
पक्राउ परेका दुवै जनालाई गोरखा जिल्ला अदालत गोरखाले कैद भुक्तानका लागि कारागार पठाएको डिएसपी लामिछानेले जानकारी दिए ।




