| आइतवार, कार्तिक २२, २०८३

नोटमा हस्ताक्षर गर्ने गभर्नरको मासिक तलबभत्ता ४ लाख ८ हजार

नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ?  सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा हेर्दा प्रतिमहिना ४ लाख ८ हजार ७७१ रुपैयाँ २५ पैसा प्राप्त गर्ने देखिन्छ ।

गत आर्थिक वर्ष २०७८/७९ मा नेपाल राष्ट्र बैंकले गभर्नर महाप्रसाद अधिकारीलाई  १४ लाख १८ हजार ४०० रुपैयाँ तलब र ३ लाख ५ हजार बैंठक भत्ता र अन्य सेवा सुविधा सहित ४९ लाख ५ हजार २५५ रुपैयाँ भुक्तानी गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख्य छ ।

गत आर्थिक वर्षमा राष्ट्र बैंकको दुवै जना डेपुटी गभर्नरले १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब लिएका छन् । यस्तै डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले बैठक भत्ता २ लाख ७३ हजार बैठक भत्ता सहित गत आर्थिक वर्षमा कुल ४२ लाख  ६० हजार ११३ रुपैयाँ भुक्तानी लिएकी छन् ।

अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रले  पनि १२ लाख ६९ हजार ६०० रुपैयाँ तलब, २ लाख ९६ हजार रुपैयाँ बैठक भत्तासहित गत आर्थिक वर्षमा सेवा सुविधा वापत १२ लाख २ हजार १७ रुपैयाँ प्राप्त गरेको राष्ट्र बैंकको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

७ सदस्यीय राष्ट्र बैंक सञ्चालक समितिमा गभर्नर र डेपुटी गभर्नरबाहेक अन्य चार सदस्य हुन्छन् । अर्थसचिव पनि राष्ट्र बैंक सञ्चालक हुने व्यवस्था रहेको छ । अन्य तीन जना सञ्चालक भने नेपाल सरकार मन्त्रिपरिषद्ले नियुक्त गर्छ ।

अर्थसचिव सहित अन्य तीन जना सञ्चालकले भने तलब पाउँदैनन् । तर उनीहरुले बैठक भत्तासहित अन्य सुविधा भने प्राप्त गर्छन् । गत आव २०७८/७९ मा राष्ट्र बैंकका गभर्नर र डेपुटी गभर्नर तलबमा ३९ लाख ५७ हजार ६०० रुपैयाँ भुक्तानी भएको छ । यस्तै सञ्चालकको बैठक भत्ता १८ लाख ९५ हजार र सञ्चालकहरुको अन्य सेवा सुविधा वापत १ करोड १३ लाख १ हजार ३११ रुपैयाँ भुक्तानी भएको वार्षिक प्रतिवेदनमा उल्लेख छ ।

गत आर्थिक वर्षमो राष्ट्र बैंकले गभर्नर र डेपुटी गभर्नको तलब तथा सञ्चालकको बैठक भत्ता सहित सेवासुविधा वापत १ करोड ७१ लाख ५३ हजार ९११ रुपैयाँ भुक्तानी गरेको छ ।

हेर्नुहोस् तलबभत्ताको सूचीः

नामपदतलब रु.बैंठक भत्ता रु.अन्य सेवा सुविधा रु.
महाप्रसाद अधिकारीगभर्नर१४ लाख १८ हजार ४००३ लाख ५ हजार३१ लाख ८१ हजार ८५५
मधुकुमार मरासिनीअर्थ सचिव–२ लाख ५८ हजार४ लाख ८५ हजार ४२५
शिशिरकुमार ढुंगानाअर्थ सचिव–१० हजार३१ हजार २३८
निलम ढुंगाना (तिम्सिना)डेपुटी गभर्नर१२ लाख ६९ हजार ६००२ लाख ७३ हजार२७ लाख १७ हजार ५१३
बमबहादुर मिश्रडेपुटी गभर्नर१२ लाख ६९ हजार ६००२ लाख २ लाख ९६ हजार२६ लाख ३६ हजार ४१७
चिन्तामणी शिवाकोटीसञ्चालक–९० हजार३५ हजार ५६४
डा. शंकरप्रसाद आचार्यसञ्चालक–९० हजार२३ हजार ४१२
श्रिराम पौडेलसञ्चालक–२ लाख ६ हजार११ लाख ३२ हजार ३५४
रामजी रेग्मीसञ्चालक–२ लाख १५ हजार३ लाख ६२ हजार ०१९
डा. सुवोधकुमार कर्णसञ्चालक–१ लाख ५२ हजार६ लाख ९५ हजार ५१६
प्रतिक्रिया दिनुहोस्