| आइतवार, कार्तिक २२, २०८३

गोरखकाली हस्तकला उद्योगमा उत्पादित सामग्री बजारमा छ्यापछ्यापी (फोटो फिचर)

केशव गुरुङ :

गोरखा नगरपालिका ८ सिमल गैरीकी रुकु थापा मगर गोरखकाली हस्तकला उद्योगीमा स्थापना काल देखि नै पछौरी बुन्ने, ढाका विभिन्न साम्रग्री बुन्ने काम गर्दै आएकी छिन् ।

विहान बालबच्चालाई स्कुल पढाएपछि उनी हस्तकला उद्योगमा काम गर्न आउछिन् । विहान दश बजे देखि चार बजे सम्म उनको दैनिक यहि हस्तकला उद्योगमा वित्ने गरेको छ । यहाँ उनी पछौरा, साडी लगायत सबै काम गर्छिन् ।

‘यहाँ काम गरेर एकै चोटि धेरै कमाउन त सकिन्दैन, विस्तारै गर्दै जाने हो, सबै भन्दा ठूलो कुरा त समय दिनुप¥यो, म चाहि धेरै समय दिन भ्याउदैन,’ उनले भनिन् । विहान बालबच्चा स्कुल पठाएपछि मात्र उद्योगमा काम गर्न आउने गरेको उनको भनाइ छ । ‘काम गर्न समय निकाल्न सक्यो भने फाइदा छ, साडी बुन्द धेरै राम्रो कमाइ हुन्छ,’ उनले भनिन्, ‘साडी, पछौराहरु बुनेर महिनाको आठ÷नौ हजार कमाइ हुन्छ । यसले आफुलाई पकेट खर्च चलाउन चाहि हुन्छ ।’

उनी जस्तै जौबारीकी सरिता मिजार विहान आफ्ना बालबच्चालाई स्कुल पठाए पछि फुर्सदको समयमा उद्योगमा काम गर्न आउछिन् । उद्योगमा काम गर्न थालेको सात महिना जति भएको उनले बताइन् । अहिले साडी बुन्ने काम गरिराखेको बताउदै उनले भनिन, ‘यहि नै तालिम लिएर काम गर्न थालेको हु । आफुले गर्न सक्यो भने त राम्रो कमाइ हुन्छ, महिनामा ११, १२ हजार पनि हुन्छ । समय दिन सक्यो भने त्यो भन्दा बढी पनि कमाउन सकिन्छ ।’

दैनिक विहान नानीबाबुलाई स्कुल पठाएपछि दश बजेबाट चार बजे सम्म उद्योगमा काम गर्ने गरेको उनले बताइन् । ‘नियमिन आइरन पनि पाइदैन, कहिले घरमै काम हुन्छ । खाली समय खेर नजाओस भनेर यहाँ आइरहन्छु,’ उनले भनिन् । फुर्सदको समयमा यहाँ आएर काम गर्दा काम पनि सिक्ने मौका पाउने, समयको पनि सदुपयोग हुनुका साथै नानीबाबुको खार्चा खर्च जोहो गर्न सजिलो भएको उनले जानकारी दिइन् ।

उनीहरु जस्तै गोरखकाली हस्तकला उद्योगमा दैनिक सात जना महिलाले रोजगारी पाएका छन् । उनीहरुले उत्पादन गरेका हस्तकला सामग्री विक्री वितरणका लागि कोसेली घरसंचालनमा ल्याएको छ । उक्त कोसेली घरमा उद्योगमा उत्पादन भएका हस्तकला सामग्रीहरुका साथै स्थानीयहरुले घरमै उत्पादन गरेको हस्तकलाका सामग्रीहरु पनि संकलन गरेर बेच्दै आएको उद्योगका सचिव सिर्जना पाण्डेले जानकारी दिइन् ।

कोसेली घरमा हाफ, फुल, मिडियका साडी, सल, पछौरा, उनबाट बनेका पछौरा, थान कपडाहरु विक्रिी वितरण गर्दै आएको उनले बताइन् । उद्योग कच्चा पदार्थ भने काठमाडौ, चितवनबाट ल्याउने गरेका छन भने अल्लो उत्तरी गोरखाबाट ल्याउने गरेको छ ।

उद्योगमा उत्पादन भएका सबै सामग्री गोरखा बजारमै विक्री वितरण हुने गरेको बताउदै केही सामग्री भने बन्दीपुर, चितवन, तनहु पठाउने गरेको छ । उत्पादन गरिएका सामग्रीहरु स्टोरमा थन्काएर राख्नुपर्ने अवस्था भने नभएको उनले बताइन् ।
हाल उद्योगमा काम गर्ने कामदारलाई टिकाई राख्न थप सेवा सुविधा प्रदान गर्दै उत्पादित सामग्रीको बजार व्यवस्थापन जोड दिएर अघि बढिरहेको सचिव पाण्डेले जानकारी दिइन् । बजार व्यवस्थापनका लागि विभिन्न संघसंस्थाहरुसँग पनि समन्वय भइरहेको उनले बताइन् ।

यहाँ महिला दिदीबहिनीहरुले खादा, पछौरा, सल, साडी, गलबन्दी, ढाका टोपी, झोला लगायतका ढाकाबाट बन्ने विभिन्न प्रकारका आइटमहरु बुन्ने गरेको उद्योगकी कोषाध्यक्ष अस्मिता कट्टेलले बताइन् ।

हरेक दैनिक १० बजे देखि बेलुका ४ बजे सम्म काम हुने गर्दछ । अन्य सामग्रीहरुको तुलनामा साडी बुन्दा बढी फाइदा हुने उनले बताइन् । साडीमा साइज अनुसार पैसा दिने अन्य आइटममा भन्दा साडीमा बढी फाइदा हुने गरेको बताइन् । २०७६ सालबाट ५ जनाको साझेदारीमा गोरखकाली हस्तकला उद्योगसंचालनमा आएको हो ।

प्रतिक्रिया दिनुहोस्