| आइतवार, कार्तिक २२, २०८३

पालुङटार सावुन उद्योग धरासायी

गोरखाको पालुङ्टारमा दुईबर्षअघिदेखि सञ्चालन भएको सावुन उद्योग धरासायी भएको छ । कोपिला सोप एण्ड इण्डस्ट्रिजले पालुङ्टार नगरपालिका वडा नं. ५ हवाइग्राउण्डमा सञ्चालन गरेको ‘पालुङटार सावुन उद्योग’ धरासायी भएको हो ।

गत २०७७ सालमा करिब ३० लाख रुपियाँ लगानीमा स्थापना भएको सावुन उद्योग केही समयदेखि धरासायी हुदै गएको इण्डस्ट्रिजका रोलबहादुर थापाले जानकारी दिए ।

‘स्थापना भएदेखि नै लगातार कोभिड महामारीका कारण बजार सुख्खा लागेको थियो । अहिलेसम्म राम्ररी चल्न सकेको छैन’, उनले भने, ‘राम्ररी चलेका बेला महिनामा पाँचहजार कार्टुन सावुन र १० हजार किलो सरफ बजारमा जान्थ्यो । अहिले दुईहजार कार्टुनसम्म जान्छ ।’ पालुङटार आसपास, तनहूँका र लम्जुङका बजारमा पनि बेच्ने गरेको उनले बताए ।

कोभिड १९ का कारण रोजगारी गुमाएर घर फर्किएका उनका पति रोलबहादुर थापालाई फेरि वैदेशिक रोजगारीमा जानु नपरोस् भन्नाका लागि श्रीमती कोपिला थापाले स्वदेशमै उद्योग सञ्चालन गर्ने हिम्मतका साथ उद्योग सञ्चालन गरेकी थिइन् ।
सो उद्योग सञ्चालनका लागि स्थानीय मिलिजुली सहकारी संस्थाले १५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्