| सोमवार, कार्तिक २३, २०८३

गोरखा र गोरखा आयुर्वेद कम्पनीको साइनो

पूर्व भारतीय सेना प्रमुख फिल्ड मार्शल साम मानेकशाले एक पटक भनेका थिए, ‘यदि कुनै मानिसले म मर्नदेखि डराउँदिन भन्छ भने ऊ झुट बोल्दैछ वा ऊ गोर्खा हो ।’ यो भनाइले गोरखाको धेरै ठूलो यश वृद्धि भयो । प्रथम र दोस्रो विश्वयुद्धमा शौर्य प्रदर्शन गरेवापतको उपलव्धी थियो यो ।

वीरतामा मात्र गोरखाको नाम जोडिदैन । धर्मका दृष्टिले पनि गोरखाको गरिमा र गौरव उच्च छ । प्राकृतिक सम्पदा, संरचना र स्वरुपका दृष्टिले पनि गोरखा नेपालको उत्कृष्ठमध्य पर्ने स्थल हो ।

त्यसैले गोरखासित जोडेर धेरै कुराको नामाकरण गरियो । कल्याणकारी, अकल्याणकारी सामग्रीहरुको नामाकरण पनि गोरखासित मिलाएर राखिएको छ । कल्याणकारी उत्पादन गर्नेमध्य गोरखा आयुर्वेद कम्पनी यसैमध्यको एक हो ।
गोरखासित मिलाएर नामाकरण भएका जुनकुनै बस्तुसित गोरखाको पनि हार्दिकता रहन्छ ।

त्यसैले गोरखा आयुर्वेद कम्पनीबाट उत्पादित औषधीहरुले राम्रो बजार पाउन् भन्ने निरपेक्ष चाहना गोरखाबासीको हुन्छ । कम्पनीका बोर्ड डाइरेक्ट नचिने पनि, कम्पनी देख्दै नदेखे पनि, उत्पादनहरु उपभोग गर्दै नगरेको भए पनि गोरखासित नाम जोडिएकै कारण यसको इज्जतसित गोरखाबासीले गर्व महशुस गर्छन् । यसको बदनामी, नोक्सानी वा धरासायीसित गोरखाबासी पनि दुखित बन्छन् ।

गोरखा आयुर्वेद कम्पनीले अहिले तनाव कम गराउने नयाँ उत्पादन बजारमा ल्याएको छ । शंखपुष्पी नामको सो उत्पादनले राम्रो मार्केट पाइरहेको छ ।

गोरखा आयुर्वेद कम्पनी प्रचारमुखी छैन किनभने यसको उत्पादनले माग धान्न सकिरहेको छैन अर्थात यसलाई बजार पाउन कुनै समस्या छैन । गोरखाभित्र भन्दा पनि अन्य सहरहरुमा र देशभित्र भन्दा पनि देशबाहिर यसका उत्पादन पुग्ने गरेका छन् । यो कम्पनीका बोर्ड डाइरेक्टरलाई मात्र, कम्पनीका सेयर सदस्यहरुका लागि मात्र भन्दा निरपेक्ष रुपमा गोरखाबासीका लागि पनि सुखद पक्ष हो ।

प्रतिक्रिया दिनुहोस्