
गोरखकाली बचत तथा ऋण सहकारीद्वारा ३१ औँ बार्षिकोत्सवमा रक्तदान
गोरखा नगरपालिका ९ लक्ष्मीबजारस्थित गोरखकाली बचत तथा ऋण सहकारी संस्थाले रक्तदान गरेर ३१ औं बाषिकोत्सव समारोह मनाएको छ ।
बुधबार लक्ष्मीबजारस्थित आफ्नै कार्यालयमा आयोजित रक्तदान कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिए । संकलित रगत नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाद्वारा सञ्चालित रक्तसञ्चार सेवा केन्द्रमा राखिएको रेडक्रसका सुवास घिमिरेले जानकारी दिए ।
संस्थाका अध्यक्ष सुजन कुँबरको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा वडाअध्यक्ष कुलबहादुर कुँवर, नेपाल रेडक्रस सोसाइटी गोरखा शाखाका सभापति यदु विलास भट्टराई, सहकारी संस्थाकी उपाध्यक्ष तारादेवी बस्नेत, संस्थाका संस्थापक सदस्य पदमबहादुर खत्री, देवेन्द्र बस्नेत लगायतले शुभकामना मन्तव्य ब्यक्त गरेका थिए ।
यससंगै नेपाल रेडक्रस गोरखाद्वारा सञ्चालित रक्तसञ्चार सेवाकेन्द्रले अहिलेसम्म १३९ जनाबाट रगत संकलन गरेको छ । भदौ १ गतेदेखि अहिलेसम्म गोरखा अस्पतालबाट ६८ जनाले सो रगत खपत गरेका छन् । उनीहरुलाई निशुल्क रुपमा रगत उपलब्ध गराइएको उनले बताए ।
बाँकी रगत चितवन पठाइएको घिमिरेले जानकारी दिए । डब्लुबिसी रगत एकबर्षका लागि स्टक राखेको पनि उनले बताए । माइनस ४० डिग्री सेण्टिग्रेट तापक्रममा राख्नुपर्ने हुँदा सो काम चुनौतिपूर्ण रहेको उनले बताए ।




