
सर्भेसुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र गुम्दामा पनि
धार्चे गाउँपालिका–५ गुम्दामा सर्भे सुलभ बहुउद्देश्य सहकारी संस्थाको सेवा केन्द्र शुभारम्भ भएको छ । सहकारीका अध्यक्ष सन्तोष गुरुङले बुधबार एक कार्यक्रम गरी सहकारीको सेवा केन्द्र उद्घाटन गरेका हुन् ।
गुम्दामा सहकारीको सेवा केन्द्र स्थापना भएसँगै स्थानीयहरु रेमिटान्सका लागि माछाखोला, लाप्राक, आरुघाट, गोरखा धाइरहनु नपर्ने उनले बताए । मौखिक रुपमा गाउँघरमा हुने आर्थिक कारोबारलाई अव व्यवस्थित गर्दै डिजिटल र बैकिङ कारोबारमा जोड दिनुपर्ने उनले जानकारी दिए ।
अहिले सहकारीले सम्पूर्ण कारोबार डिटिजलमा मार्फत हुने बताउदै विदेशमा रहेका नेपालीहरुले पनि अनलाइनमार्फत सहकारीमा खाता खोल्न सकिनेछ । त्यस्तै, सर्भे सुलभ बहुउद्देश्यस सहकारी संस्थाको आफ्नै एब्स निर्माण भइसकेकाले मोबाइल बौकिङबाट पनि कारोबार गर्न सकिने उनले बताए ।
धार्चे गाउँपालिका–४ लाप्राकमा केन्द्रिय कार्यालय रहेको सहकारीले हाल भिरकुना, माछाखोला हुदै गुम्दामा पनि सेवा केन्द्र स्थापना गरेको हो । अव केही महिना भित्र काशीगाउँ र केरौजामा पनि सेवा केन्द्र विस्तार गर्ने योजना रहेको सहकारीका अध्यक्ष गुरुङले जानकारी दिए ।
सहकारी संस्थाको समन्वयमा गण्डकी प्रदेशले स्याउ, ओखर र खुर्पानी विरुवा वितरण गर्ने तयारीमा रहेको जनाएको छ । किसानको २५ प्रतिशत लागत र प्रदेश सरकारको ७५ प्रतिशत अनुदान उक्त विरुवा वितरण गर्न लागेको हो । त्यस्तै, सहकारीको समन्वयमा लाप्राकमा जापानी भाषाको कक्ष सुरु गर्न लागिएको जनाएको छ ।




