| आइतवार, कार्तिक २२, २०८३

सुन र चाँदीको मूल्य घट्यो

बिहीबार सुन र चाँदीको मूल्य घटेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघकाअनुसार बिहीबार सुनको मूल्य तोलामा ७ सय र चाँदीको मूल्य तोलामा २० रुपयाँले घटेको छ ।

छापावाल सुनको प्रतितोला मूल्य एक लाख ३ सय, तेजावी सुनको मूल्य ९९ हजार ८ सय र चाँदीको मूल्य १ हजार ३८० रुपैयाँ तोकिएको छ ।

बुधबार छापावाल सुनको प्रतितोला मूल्य एक लाख एक हजार, तेजावी सुनको मूल्य एक लाख ५ सय र चाँदीको मूल्य १ हजार ४ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

प्रतिक्रिया दिनुहोस्