| सोमवार, कार्तिक २३, २०८३

मनास्लु क्षेत्रमा हिमचितुवा गणना

मनास्लु संरक्षण क्षेत्र(एमक्याप)को नुब्री क्षेत्रमा गतबर्ष हिमचितुवा गणना गरेको टोलीले यसपटक चुम क्षेत्रमा गणना सुरु गरेको छ । ग्लोबल चेञ्ज रिसर्च इन्स्टिच्यूट, एकेडेमी अफ साइन्स अफ द चेक रिपब्लिक(चेक ग्लोब)का डाक्टर बिक्रम श्रेष्ठ र त्रिभुवन विश्वविद्यालय वन विज्ञान अध्ययन संस्थान(हेटौडा क्याम्पस)का सचित तिमिल्सिनाको टोलीले सोमबारदेखि हिमचितुवाको गणना सुरु गरेका हुन् ।

मनास्लु संरक्षण क्षेत्रअन्तर्गत चुम उपत्यकाको ३०० बर्ग किलोमिटर क्षेत्रमा ६० वटा क्यामेरा जडान गरी ६० दिनसम्म हिमचितुवाको अध्ययन र गणना गर्ने बिक्रम श्रेष्ठले जानकारी दिए ।

हिमचितुवाको भाले र पोथीको भेट हुने सिजन भएकाले यो सिजनमा अध्ययन गर्न थालिएको उनले बताए । ‘यो सिजन भनेको हिमचितुवाको भाले र पोथीको मिटिङ सिजन हो’, डाक्टर श्रेष्ठले भने, ‘त्यति मात्र होइन, यो सिजनमा हिमचितुवा तलतल झर्ने र गाउँबस्तीका मान्छेहरु पनि गाउँ छाडेर सहर झर्ने सिजन पनि भएकाले यतिबेला हिमचितुवा अध्ययनका लागि उपयुक्त समय हो ।’ साथै बर्खा सिजनमा हिमचितुवाको पाइलाको डोब मेटिने तर अहिले डोब रहिरहने भएकाले पनि यतिबेला गणना गर्न सुरु गरिएको उनले बताए ।

टोलीले सोमबारदेखि चुम उपत्यकाका विभिन्न विशेष क्षेत्रमा अत्याधुनिक क्यामरा जडान गर्नेछन् । ‘यसको बासस्थानले धेरै ठूलो क्षेत्र ओगटेको हुन्छ । हिमचितुवा समूह बनाएर बस्दैन, एक्लाएक्लै बस्छ । एउटा हिमचितुवा कम्तिमा आठसय किलोमिटरदेखि १५०० किलोमिटर क्षेत्रभित्र फैलिएर बसोबास, चरिचरण गरेको हुन्छ’, डाक्टर श्रेष्ठ भन्छन्, ‘त्यसैले हामीले तीनहजार मिटरभन्दा माथि ५५०० मिटर उचाइसम्मको तीनसय स्क्वायर किलोमिटर क्षेत्रमा ६० वटा क्यामरा जडान गरी हिमचितुवाको मनिटरिङ कार्य सुरु गर्छौँ ।

फागुनसम्म मनिटरिङ गरेपछि यसको आधारभूत तथ्याहरु पत्ता लाग्छ ।’ पोथी हिमचितुवा धेरै हिँडडुल नगर्ने, पुरुष जाति भने मनास्लु क्षेत्रबाट लाङटाङ तथा सगरमाथा राष्ट्रिय निकुञ्जसम्म पनि पुगेको हुनसक्ने उनले बताए ।

गतबर्ष नुब्री क्षेत्रमा मनिटरिङ गर्दा तीनदेखि चारवटासम्म हिमचितुवा रहेको तथ्य भेटिएको उनले बताए । बिगतमा एमक्याप प्रमुख मधु क्षेत्रीले अध्ययन गर्दा एकदेखि दुईवटासम्म हिमचितुवा फेला पारेको नुब्री क्षेत्रमा यो संख्या बढेर तीन वा चारवटासम्म पुगेको हो । यसलाई सन्तोषजनक मान्न सकिने उनको भनाइ छ ।

लोपोन्मुख प्रजाति मानिने हिमचितुवा एशियाका १२ देशमा रहेकामा गोरखामा पनि हुनुले जिल्लाको गौरव मान्न सकिन्छ । ‘नेपालको अपिनप्पा, हुम्ला, से–फोक्सुण्डो, अन्नपूर्ण संरक्षण क्षेत्र, मनास्लु संरक्षण क्षेत्र, लाङ्टाङ राष्ट्रिय निकुञ्ज, सगरमाथा राष्ट्रिय निकुञ्ज र कञ्चनजंघा क्षेत्रमा हिमचितुवा पाइने अध्ययनले देखाएको छ’, श्रेष्ठले भने, ‘सबैभन्दा धेरै से–फोक्सुण्डो र अन्नपूर्ण संरक्षण क्षेत्रमा पाइन्छ । सगरमाथामा २००६ मा जम्मा छ वटा रहेकामा २०१५ मा घटेर जम्मा तीनवटा फेला परेको छ ।’

हिमचितुवाको अध्ययन, अनुसन्धान र गणनाले संरक्षित क्षेत्रलाई कहाँसम्म विस्तार गर्ने वा कति साँगुरो बनाउने भन्ने सम्मको आधार तयार पारिन्छ ।
हिमाली क्षेत्रको जैविक विविधतालाई सन्तुलित राख्न हिमचितुवाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिन्छ । मान्छेलाई हैरान पर्ने जंगली कुकुर, फ्याउरोहरुलाई यसले शिकार बनाउने हुँदा मानव जनजीवनलाई सहयोगीको भूमिका निर्वाह गर्ने मानिन्छ ।

मनास्लु क्षेत्र गोरखाको चुमनुब्री गाउँपालिकाअन्तर्गत पर्दछ । हिमचितुवाको अध्ययन, अनुसन्धान र गणना गर्न त्यहाँ पुगेका श्रेष्ठ नेतृत्वको टोलीले गाउँपालिकाका अध्यक्ष निमा लामा र अन्य पदाधिकारी तथा कर्मचारीहरुसित अन्तरक्रिया गरेको छ । साथै सो गाउँपालिकामा रहेको एक मात्र माध्यमिक तहको विद्यालय वुद्ध माविका शिक्षक, विद्यार्थीहरुसित अन्तरक्रिया गरेका छन्

हिमचितुवा अति महत्वपूर्ण लोपोन्मुख प्रजातिको प्राणी भएकाले यो रहेको क्षेत्रमा पर्यापर्यटन विकास गर्न टेवा पुग्ने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्