
नानीबाबुलाई स्कुल जान डर होईन रहर लागोस्
पढ्न विद्यालय जाने भनेपछि अहिलेपनि कतिपय बालवालिकालाई शिक्षक, अविभाबक, साथीभाई सँग डराउँछन् । अरु भन्दा राम्रो पढ्न सक्दिन कि ? म कमजोर छु, गृहकार्य गरेको छैन, फेल भएँ भन्ने जस्ता अनेकौँ कारण हुन सक्छ ।
विद्यालयमा उमेरमा आउने शारीरि परिर्वतन, अपरिपक्व निर्णय, पारिवारिक बेमेल, कमजोर आर्थिक अवस्था, पारिवारिक समस्या लगायतका कारण पनि बालवालिकाले विद्यालय तहको पढाई छाड्ने गरेका छन् । यस्ता अनेकौँ कारण मानसिक रुपमा पनि बालवालिकाको सिकाई कमजोर हुन्छ । उनीहरुको ध्यान पढाईमा भन्दा आफ्नो समस्यामा केन्द्रित हुनसक्छ । अन्ततः त्यसको असर सिकाई सम्म देखिन्छ ।
बालवालिकालाई सहज रुपमा सिक्ने बतावरण बनाउने पहिलो दायित्व शिक्षक र अविभाबकको हो । विद्यालयको बतावरण, कक्षाकोठाको ब्यवस्थापन, पुस्तककालय, विद्यालय सरसफाई, शिक्षकको ब्यवाहार, पठन शैलीले पनि प्रभाव पार्छ । समुदायको विद्यालयप्रतिको दृष्टिकोण, सहयोग, अविभाबकको बालवालिका प्रति निग्रानीले पनि सिक्न प्रेरित गराउँछ । सबैभन्दा महत्वपूर्ण पक्ष भने बालवालिकाको मनोविज्ञान शिक्षकले बुझ्न सक्नुपर्छ ।
कुन स्तर, क्षमता भएका बालवालिकालाई कसरी पढाउँदा उसले ज्ञान लिन सक्छ वा सिकाउन खोजिएको विषय बुझ्न सक्छ भन्ने थाहा हुनुपर्छ । त्यो थाहा भएपछि शिक्षकले बुझ्न सक्ने विधी अपनाएर सामग्रीहरुको प्रयोग गर्ने, खेल्दै पढाउने, कथा, कविता सुनाउँदै पढाउने गर्नुपर्छ । कसरी बालवालिका पढ्न वा नयाँ ज्ञानका लागि तयार हुन्छन् भन्नेमा शिक्षक पहिचान गर्न सक्ने हुनुपर्छ ।
गोरखाका एक सय वटा विद्यालयमा अहिले रुम टु रिड कार्यक्रम लागु भएको छ । यो कार्यक्रमको उद्देश्य बालवालिकालाई बोझ होईन सहज, सरल रुपमा रमाउँदै सिकाउनमा केन्द्रित छ । यो कार्यक्रम संचालन भएका विद्यालयको पठन शैली, तालिम लिएका शिक्षकले सिकाउने तौर तरिका राम्रो छ ।
यसलाई सबै कक्षा, जिल्लाका सबै विद्यालय, सबै शिक्षक, सबै अविभाबकमा केन्द्रित गर्न गराउन स्थानीय सरकार, अविभाबक, शिक्षक, विद्यालय सबै लाग्नुपर्छ । अन्यथा कार्यक्रम लागु हुँदासम्म मात्रै स्तर कायम रहने र पछि पुरानै शैलीमा पठनपाठन हुने खतरा हुन सक्छ ।




