| सोमवार, कार्तिक २३, २०८३

धरौटी जफत लज्जास्पद

निर्वाचनलाई लोकतन्त्रको सुन्दर पक्ष मानिन्छ । हरेक नागरिकलाई आफूले चाहेको पदमा उम्मेदवार बन्ने अधिकार संविधानले सुनिश्चित गरेको छ ।

सुन्य मत ल्याउनेले पनि जित्छु भनेरै चुनाव लडेको हुन्छ भनिन्छ । तर आफैले पनि मत नहालेर सुन्य मत आउने हो भने किन चुनावमा उठ्नु ? यसले दुनियाँसामु आफैलाई हाँसोका पात्र बनाउनेछ ।

यस पटकको चुनावमा यस्तै घटना भएको छ । गोरखामा पिछडा बर्ग निषाद दलित जानजाती पार्टी र नेपाल लोकतान्त्रिक पार्टीले सुन्य मत पाएको छ । घोडा चुनाव चिन्ह भएको मितेरी पार्टी र जग चुनाव चिन्ह भएको बहुजन शक्ति पार्टीले एक मत पाएको छ । बस चुनाव चिन्ह रहेको संघीय समाजवादी पार्टीले पनि दुवै निर्वाचन क्षेत्रमा एक मात्रै मत प्राप्त गरेको छ ।
यस पटकको निर्वाचनमा गोरखामा समानुपातिकतर्फ ४८ वटा राजनीतिक दल सहभागी थिए । जसमध्य ३७ पार्टीले एकसय भन्दा कम मत प्राप्त गरेका छन् ।

चुनाव लड्ने अधिकार छ भन्दैमा अन्धधुन्ध तरिकाले चुनाव लड्नु पनि हुँदैन । नाम फिर्ता गराउने प्रकरणमा विभिन्न डिमाण्ड गर्ने हेतुले पनि उम्मेदवार दिएका पनि पाइन्छ । विभिन्न प्रलोभनको आशामा, बार्गेनिङ गर्ने कुत्सित उद्देश्य राखेर पनि उम्मेदवारी दिने गर्छन् । हाई प्रोफाइलसित चुनाव लडेको हल्ला गर्ने लहडबाजीमा पनि उम्मेद्वारी दिने गरेको पाइन्छ ।

चुनाव लड्ने अधिकार छ भन्दैमा आफ्नो मत कति आउन सक्छ भन्ने सम्भाव्यता अध्ययन नगरी चुनाव लड्नु हुँदैन । यसले आप्mनो मात्र नभै परिवारजन, सन्तति र आफन्तजनको समेत बदनाम गराउँछ ।

यसबर्षको निर्वाचनमा गोरखामा ३४ जना उम्मेद्वारको धरौटी जफत भयो । सदर मतको १० प्रतिशत पनि कटाउन नसक्नेहरुको धरौटी जफत गरिएको हो । यस्तो हालत हुने गरी चुनाव लड्नु वुद्धिमानी हुँदैन ।

प्रतिक्रिया दिनुहोस्