
जो बिगत २० बर्षदेखि नेपाली राजनीतिको शिखरमा रहे
गोरखा २ बाट निर्वाचित पुष्पकमल दाहाल(प्रचण्ड)को जन्म २६ मंसीर २०११ मा कास्कीको ढिकुरपोखरीमा भएको थियो । एक नेपाली राजनीतिज्ञ जसले ३१ साउन २०६५ देखि २१ वैशाख २०६६ सम्म र फेरि २०७३ देखि २०७४ सम्म नेपालको प्रधानमन्त्रीको रूपमा सेवा गरे, उनलाई अहिले गोरखाले आफ्नो जनप्रतिनिधिको रुपमा पाएको छ ।
दाहाल देशको १० बर्षे सशस्त्र जनयुद्ध, त्यसपछिको शान्ति प्रक्रिया, पहिलो नेपाली संविधानसभा कालका शक्तिशाली प्रधानमन्त्री बन्न सफल भए । जुन संसदीय व्यवस्था बदलेर जनवादी राज्य व्यवस्था स्थापनाका लागि जनयुद्ध लडे, त्यही संसदीय व्यवस्थामा उनी केन्द्रीय पात्र बनेर २० बर्षदेखि मुलुक सञ्चालन गरिरहेका छन् ।
२०६५ सालको चुनावमा नेकपा(माओवादी) सबैभन्दा ठूलो पार्टीको रूपमा उभियो र दाहाल त्यही वर्षको साउन ३१ मा प्रधानमन्त्री भएका थिए । तत्कालीन सेना प्रमुख रुक्माङ्गद कटवाललाई बर्खास्त गर्ने प्रयासको तत्कालीन राष्ट्रपति रामवरण यादवले विरोध गरेपछि उनले २१ वैशाख २०६६ मा पदबाट राजीनामा दिएका थिए ।
प्रचण्डको जन्म ब्राह्मण परिवारमा घनश्याम दाहालको रूपमा भएको थियो । उनले म्याट्रिक परीक्षाको क्रममा आप्mनो नाम परिवर्तन गरेर पुष्पकमल दाहाल नहुँदासम्म घनश्याम भनेर बोलाइन्थ्यो । प्रचण्डले बाल्यकालको अधिकांश समय चितवनमा बिताएका थिए ।
उनले रामपुर, चितवनको कृषि तथा पशु विज्ञान संस्थानबाट कृषिमा विज्ञानको डिप्लोमा(आईएससीएजी) पास गरे र यूएसएआइडीद्वारा प्रायोजित जाजरकोटको ग्रामीण विकास परियोजनामा काम गरे । त्यस्तै २०३३ सालदेखि २०३५ सम्म साँढे दुईबर्ष भीमोदय मावि आरुघाटमा कृषि विज्ञान विषय अध्यापन गरे ।
उनले आफ्नो युवावस्थामा सुदुर पश्चिम र गोरखाको ग्रामीण जनजीवनको गम्भीर गरिबी देखे, र उनी वामपन्थी राजनीतिमा आकर्षित भए । उनी २०३८ सालमा नेपाल कम्युनिष्ट पार्टी (चौथो महाधिवेशन)मा सामेल भए । उनी २०४६ मा नेपाल कम्युनिष्ट पार्टी(मशाल) को महासचिव भए । यो पार्टी पछि नेपाल कम्युनिष्ट पार्टी(माओवादी) भयो । प्रचण्ड २०४७ मा प्रजातन्त्रको पुनस्र्थापनापछि पनि भूमिगत नै थिए । त्यतिबेला व्यापक रूपमा नचिनेका, उनले पार्टीको गोप्य शाखालाई नियन्त्रण गरे भने बाबुराम भट्टराईले संसदमा संयुक्त जनमोर्चाबाट प्रतिनिधित्व गरे ।
२१ माघ २०५२ सालमा भट्टराईले नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारलाई ४० बुँदा समेटिएको ज्ञापनपत्र तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई दिए र ती पूरा नभए सशस्त्र युद्धको धम्की दिए । राष्ट्रियता, लोकतन्त्र र जीविकोपार्जनसम्बन्धी मागहरू र नेपाली उद्योग, व्यवसाय र वित्तमा विदेशी पुँजीको प्रभुत्व बन्द गरियोस्, सन १९५० को नेपाल–भारत सन्धि लगायतका भेदभावपूर्ण सन्धिहरू समावेश गरियोस्, नियन्त्रणमा रहेको भूमि जफत गरी भूमिहीन र घरबारविहीनहरूलाई बाँडियोस् लगायतका माग थियो ।
त्यसपछि, र तबसम्म साउन १३, २०५३ मा प्रचण्डले विशेषगरी पहाडी क्षेत्र र पश्चिम नेपालमा लालकिल्ला स्थापना गर्न नेकपा माओवादीको सैन्य प्रयासलाई निर्देशन दिए ।
७ मंसीर २०६२ मा प्रचण्ड र सात दलको गठबन्धनले १२ बुँदे सहमति जारी ग¥यो जसले नेकपा माओवादी २०६४ को संसदीय निर्वाचनमा ठूलो बहुमत हाँसिल गरे । यो दस्तावेजमा राजा ज्ञानेन्द्रको अधिनायकवादी राजतन्त्र नेपालको प्रगतिको प्रमुख बाधक रहेको उल्लेख छ । माओवादी मानवअधिकार र प्रेस स्वतन्त्रता र बहुदलीय शासन प्रणालीप्रति प्रतिबद्ध रहेको दाबी गरिएको छ । यसले आत्मा आलोचना र विगतका गल्तीहरू नदोर्होयाउने माओवादी र सात दलहरूको अभिप्रायलाई प्रतिज्ञा गरेको थियो ।
दशक लामो युद्धले अन्ततः माओवादीलाई नेपालको संसदमा पु¥यायो । २०६५ को संविधानसभा निर्वाचनमा उल्लेखनीय बहुमत प्राप्त गरेपछि प्रचण्डलाई पार्टीले प्रधानमन्त्री पदका लागि मनोनयन गरेको थियो । सो निर्वाचनमा उनी काठमाडौं क्षेत्र नम्बर १० बाट ठूलो मतान्तरले विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवारभन्दा झण्डै दोब्बर मत प्राप्त गरेका थिए । उनले रोल्पा–२ बाट पनि विजयी भएका थिए ।
नेकपा(माओवादी) निर्वाचनमा पहिलो पार्टी बनेपछि प्रचण्डले नयाँ संविधान निर्माणका लागि अन्य दलसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै उनले अन्तर्राष्ट्रिय समुदाय विशेषगरी भारत र चीनसँग पार्र्टीले सुमधुर सम्बन्ध र सहकार्य चाहेको विश्वास दिलाए । संसदीय पद्धतिलाई नमान्ने र त्यस पद्धतिको वैकल्पिक व्यवस्थाका लागि सशस्त्र युद्ध गरेका उनले शान्ति र संवृद्धिको बाटो अपनाएपछि बिगत २० बर्षयता संसदीय अभ्यासमा पोख्त बनिसकेका छन् ।




