
मतपत्र फरक परेपछि च्याङ्लीमा ३३ जनाले फेरी मतदान गर्दै
गोरखा क्षेत्र नम्बर २ को पालुङटार ७ जिवनज्योती मावि मतदान केन्द्रमा दोहो¥याएर मतदान भएको छ ।
त्यहाँ खटिएका कर्मचारीले मतदातालाई प्रदेश सभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको मतपत्र दिएपछि पुन मतदान हुने भएको छ ।
३३ जनाले मतदान गरेपछि यो कुरा पहिचान भएको हो । ३३ जनाले प्रतिनिधि सभामापनि प्रदेश सभाकै मतपत्रबाट मतदान गरेकाले एउटा मतपत्र पुन दिएर उनीहरुलाई मतदान गराउने तयारी छ । मतदान प्रक्रिया भने चलिरहेको मतदान अधिकृत बद्री अर्यालले बताए ।
मतपत्र दिँदै जाँदा मतदान अधिकृतको हस्ताक्षर गरेको मतपत्र सकिएपछि प्रदेश सभा र प्रतिनिधि सभा दुबैमा कर्मचारीले भुलबस एउटै मतपत्र दिँदा समस्या भएको उनले बताए ।




