| सोमवार, कार्तिक २३, २०८३

नेसपा अध्यक्ष बाबुराम भट्टराईद्वारा मतदान

नेपाल समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष डाक्टर बाबुराम भट्टराईले मतदान गरेका छन् । गोरखा क्षेत्र नम्बर २ को पालुङटार १ खोप्लाङ स्थित अन्नपूर्ण मावि केन्द्रमा उनले मतदान गरेका हुन् ।

मतदान गर्दै उनले गठबन्धनको स्पष्ट बहुमत देखिएको बताउँदै भने ‘पाँच वर्ष अब स्थित सरकार हुनेछ ।’

‘नो नट अगेन’ जस्ता अभियान युवाहरुको आक्रोस रहेको बताउँदै उनले यसलाई सुन्ने, मनन गर्ने र आमामी निर्वाचन सम्म यो सुन्य हुने बताए । साथै उनले दलहरुकालागि चेतावनीको रुपमा पनि यस्ता अभियान देखिएको बताए ।

मतदान केन्द्रहरुमा मतदाताको सहभागीता भने कम देखिएको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्