
परिवार दलका अध्यक्ष एकनाथ ढकालद्वारा गोरखामा मतदान
नेपाल परिवार दलका अध्यक्ष तथा पूर्व मन्त्रि एकनाथ ढकालले गोरखा जिल्ला भीमसेनथापा गाउँपालिका वडा नम्बर ८ स्थित श्री जागेश्वर माविको मतदान केन्द्रमा मतदान गरेका छन् ।
बिहान ९ः ३० बजे उनले मतदान गरेका हुन् ।
नेता ढकाल नेकपा एमाले संगको तालमेलमा सुर्य चिन्ह लिएर प्रतिनिधि सभामा समानुपातिक उम्मेदवार समेत रहेका छन् ।
श्रीमती ब्लेसिको साथै दुइ छोरिहरु एस्थर र सिमहा संगै लिएर मतदान स्थल पुगेका ढकालले मतदान पश्चात प्रतिक्रिया दिदै आबधिक निर्बाचनले लोकतन्त्र बलियो बनाउने र आम नागरिकमा राज्य प्रतिको अपनत्व विकास हुने बताए ।
बिगतमा ढकाल संबिधान सभाका सभासदको साथै सहकारी तथा गरिबी निवारण र शान्ति तथा पुनर्निमाण मन्त्रि रहेका थिए ।




